असिस्टमा मेस्सीको ह्याट्रिक, पिएसजी विजयी !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले लिग वानमा १४ अंकको अग्रता बनाएको छ। सिजनका १५ औं खेलमै पिएसजीले १४ अंकको अग्रता बनाएको हो। आइतबार पिएसजीले सेन्ट इटिएनविलाई पराजित गर्यो। आइतबार सेन्ट इटिएनविरुद्ध पिएसजीले ३-१ को जित निकाल्यो।

खेलको शुरुवातमै पछि परेपनि पिएसजीले खेल सकिँदा सम्म ३ गोल गर्न सक्यो। खेलभर पिएसजीले बलमा मात्र पकड बनाएन आक्रमणका केहि राम्रा प्रयास पनि गर्यो। बलमा पिएसजीको ७२ प्रतिशत पकड थियो। खेलभर पिएसजीको तर्फबाट कुल १५ प्रहार भए। जसमा ८ प्रहार टार्गेटमा थिए। त्यस्तै १० खेलाडीमा समेटिएको सेन्ट इटिएनले पनि ८ प्रहार गरेको थियो। जसमा ४ प्रहार टार्गेटमा थिए।

खेलको २३औं मिनेटमा डेनिस बोउअंगाले गोल गरेपछि सेन्ट इटिएनले अग्रता लिएको थियो। ४५औं मिनेटमा टिमोथी कोलोडजिकजाक सिधै रातो कार्ड खाएपछि सेन्ट इटिएन समस्यामा पर्यो। पहिलो हाफमा थप गरिएको दोस्रो मिनेटमै पिएसजीले बराबरी गोल फर्कायो। उक्त गोल मार्किन्हसले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए।

त्यसपछि खेलको अन्तिम समय अगाडी थप गोल हुन सकेन। तर खेलको ७९औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पिएसजीलाई जित तर्फ अगाडी बढाए। उनले पनि मेस्सीकै पासमा गोल गरेका थिए। ९० मिनेट पछि थप गरिएको समयमा पनि मेस्सीकै असिस्टमा गोल भयो। उक्त गोल थप गरिएको पहिलो मिनेटमा मार्किन्हसले गरेका थिए।

आइतबारको जितसँगै पिएसजीले ४० अंक बनाएको छ। सिजनका १५ खेल खेल्दा पिएसजीले १३ जित निकालेको छ भने मात्रै १ खेलमा हार बेहोरेको छ। त्यस्तै पिएसजीसँग हारेपछि सेन्ट इटिएन लिगको पुछारमा यथावत भएको छ। उसले १२ अंक मात्र जोडेको छ।

प्रकाशित : आइतबार, मङि्सर १२, २०७८२०:३०

नराम्ररी घाइते भए नेयमार, खुट्टा यसरी फर्कियोकि सबैको होश उड्यो ! [भिडियो]