हप्ताको पहिलो दिन बढेको सुनको मूल्य आज घट्यो ! कति ?

काठमाडौँ – हप्ताको पहिलो दिन बढेको सुनको मूल्य आज सामान्य घटेको छ। गएको हप्ता केहि दिन लगातार घटेर नयाँ हप्ता लाग्ने बितिकै बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेर १ हजार २ सय १० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१०:५६

अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव: हिमपातको सम्भावना !