सायद पहिलो पटक मेस्सीले ब्यालोन डी ओर जितुन् भन्ने पक्षमा सर्जियो रामोस !

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी विरुद्ध लामो समयसम्म प्रतिद्वन्दीका रूपमा खेलेका पूर्व रियल म्याड्रिड कप्तान सर्जियो रामोसले नयाँ क्लबका टिममेट मेस्सीले सोमबार आफ्नो सातौँ ब्यालोन डी ओर जित्ने अपेक्षा राखेका छन्।

लिग १ क्लबमा टिममेट बनेका यी दुई प्रतिद्वन्दीले आइतबार मात्र नयाँ क्लबका लागि एकसाथ खेल्न सफल भएका जसमा पीएसजी मेस्सीको तीन असिस्टको मद्दतमा ३-१ ले विजयी हुँदै लिगमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ। यस वर्षको ब्यालोन डी ओर अवार्डका लागि मेस्सी मुख्य दाबेदार रहेका छन्।

यस्तोमा स्पेनिस डिफेन्डरलाई यसबारे प्रश्न गर्दा उनले भने,”हो, पक्कै पनि [मलाई आशा छ कि उसले जित्छ],” रामोसले यस हप्ताको समारोह अघि ईएसपीएनलाई भने, “म मेरो टोलीका खेलाडीहरुको समर्थन पक्कै पनि गर्छु। म उनलाई गुड लक भन्न चाहन्छु। उनी राम्रो आकारमा छन्, र मलाई लाग्छ कि उनी यस्ता खेलाडी हुन् जसले वास्तवमै कुनै पनि खेलमा फरक पार्न सक्छन्। उनी एक अद्वितीय खेलाडी हुन् र उनी आफ्नो टोलीमा हुनु भनेको सौभाग्यको कुरा हो। हामी सबै मिलेर पीएसजीलाई अझ उत्कृष्ट बनाउने प्रयास गर्नेछौं र उत्कृष्ट क्लब बनाउने प्रयास गर्नेछौं।”

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१४:४१

आज कसले जित्ला ब्यालोन डी ओर ? यस्तो छ ताजा पावर र्यान्किंग !