बालोन डी’ओर आज घोषणा हुँदै, घोषणा समारोह कुन च्यानलमा हेर्ने ?

एजेन्सी – सन् २०२१ को बालोन डी’ओर अवार्ड आज राति घोषणा हुँदैछ। आयोजक फ्रान्स फुटबलले हरेक वर्ष प्रदान गर्दै आएको बालोन डी’ओर अवार्ड एक समारोहका बीच आज घोषणा हुन लागेको हो।

वर्षको सर्वोत्कृष्ट खेलाडीहरुलाई समेटेर फ्रान्स फुटबलले गत अक्टोबरमै सार्वजनिक गरेको मनोनयन मध्येबाट आज एक जनालाई बालोन डी’ओर अवार्ड प्रदान गरिनेछ। बालोन डी’ओरका लागि विश्वभरका पत्रकारहरूले मतदान गर्नेछन्।

बालोन डी’ओरको पछिल्लो विजेता लियोनेल मेस्सी रहेका छन्। सन् २०१९ मा मेस्सीले भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै बालोन डी’ओर जितेका थिए। मेस्सी सबै भन्दा बढी बालोन डी’ओर जित्ने खेलाडी रहेका छन्। मेस्सीले अहिले सम्म ६ पटक बालोन डी’ओर जितेका थिए। गएको वर्ष भने कोरोना भाइरस महामारीका कारण बालोन डी’ओर स्थगित भएको थियो।

को-को छन् मनोनयनमा ?

बालोन डी’ओरको मनोनयनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्हो लगायत रहेका छन्।

मनोनयन लिस्ट

गोलरक्षक – जियानलुइजी डोन्नररुम्मा (पीएसजी)

डिफेन्डर – लियोनाद्रो बोनुची (युभेन्ट्स), जर्जियो चिलियनी (युभेन्ट्स), सिमोन कायर (एसी मिलान), सिसर एज्पिलिक्वेटा (चेल्सी) र रुवेन डियास (म्यानचेस्टर सिटी)

मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी), मासन माउन्ट (चेल्सी), निकोलो बरेल्ला (इन्टर मिलान), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), पेड्री (बार्सिलोना), लुका मोड्रिच (रियल म्याड्रिड), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), जर्गिन्हो (चेल्सी) र फिल फोडेन (म्यानचेस्टर सिटी)

फरवार्ड – रियाद महारेज (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड), ह्यारी केन (टोटेनहम), करिम बेन्जेमा (रियल म्याड्रिड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), लियोनेल मेस्सी (पीएसजी), नेयमार (पीएसजी), लोउटारो मार्टिनेज (इन्टर मिलान), रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), मोहम्मद सलाह (लिभरपुल), रोमेलु लुकाकु (चेल्सी), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पीएसजी), जेरार्ड मोरेनो (भिल्लारियल) र लुइस सुआरेज (एट्लेटिको म्याड्रिड)

पछिल्लो एक दशक अवार्डमा राज गरेका मेस्सी, रोनाल्डो, लेवान्डोस्की, बेन्जेमा, सलाह, जर्गिन्होलाई अवार्डको दावेदारको रुपमा हेरिएको छ । मेस्सीले गत सिजन क्याटलान क्लब बार्सिलोनामा उत्कृष्ट समय व्यतित गरेका थिए भने अर्जेन्टिनाबाट कोपा अमेरिका जितेका थिए। जर्गिन्होले चेल्सीबाट च्याम्पियन्स लिग र इटालीबाट युरो कप जितेका छन्।

कुन च्यानलमा हेर्ने बालोन डी’ओर समारोह ?

बालोन डी’ओर समारोह नेपाली समय अनुसार रातको १ बजेर १५ मिनेटमा शुरु हुनेछ समारोह भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट १ मा हेर्न सकिनेछ।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८२०:१६

चाँदी आयातमा सीमा तोकियो ! कति ?