काठमाडौँ – प्रहरीले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी गायिका आस्था राउतले झुट नबोलेको दावी गरेकी छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको सिसिटिभी फुटेज बाहिरिएपछि सामाजीक संजालमा लाइभ आएर स्पष्टीकारण दिँदै गायिका आस्था राउतले झुट नबोलेको दावी गरेकी हुन्।
शुक्रबार विभिन्न संचार माध्यममा भद्रपुर विमानस्थलको सिसिटिभी फुटेज बाहिरिएको थियो। अडियो नभएको उक्त भिडियोलाई लिएर राउत विरुद्ध अनेक प्रकारका टिप्पणी भएपछि राउत लाइभ आएकी हुन्।
फेसबुक लाइभ मार्फत उनले झुट बोल्न आफूलाई कुनै आवश्यकता नरहेको तर्क गरेकी छन्। “म’रेर जाने चोला हो, किन झुट बोल्नु?”,रुँदै फेसबुक लाइभमा उनले भनेकी छन्।
अडियो नभएको सिसिटिभी फुटेजमा देखिएको दृश्यलाई प्रष्ट पार्दै उनले आफ्नो स्पष्टीकारण राखेकी छन्। विमानस्थालमा प्रहरी महिलाले ‘कफी ब्याग’मा खन्याइदिन्छु भनेको उनको आरोप छ।
आफू माथि एक प्रहरीले दुर्व्यवहार गर्दा अन्य प्रहरी मुखदर्शक बनेर बसेको उनको आरोप छ। आफू माथि अ’त्याचार भएपछि आफ्नो कुरा राख्दा सामाजिक संजालमा नकारात्मक टिप्पणी भएको प्रति उनले दुख लागेको बताएकी छन्।
कुरा नबुझी आफू विरुद्ध सामाजिक संजालमा नकारात्मक टिप्पणी गरिएको भन्दै उनी लाइभमै रोएकी समेत छन्।