पूर्व ब्यालोन डी ओर विजेताले नोभेम्बर २९ मा पेरिसमा हुने समारोहमा यदि बार्यन स्टार रोबर्ट लेवान्डोस्की फ्रान्स फुटबलले प्रदान गर्ने गोल्डेन बल प्राप्त नगरे पोलिस स्ट्राइकरलाई आफैले आफ्नो गोल्डेन बल दिने बताएका थिए।
सबै समयका महान स्पेनिस खेलाडी मानिने लुइस सुआरेज मिरामोन्टेसले १६ वर्षको करियरमा डिपोर्टिभो, इन्टर मिलान र बार्सिलोनाका लागि खेलेका थिए। उनले क्याटालान क्लबसँग छ वर्ष बिताए र त्यो स्पेलको समयमा, उनी ब्यालोन डी’ओर जित्ने पहिलो स्पेनी खेलाडी बने जब उनलाई १९६० मा फ्रान्स फुटबलको प्रतिष्ठित पुरस्कार प्रदान गरियो।
यस महिनाको सुरुमा कारुसेल डिपोर्टिभोसँगको अन्तर्वार्तामा २०२१ बालोन डी’ओर कार्यक्रमको बारेमा छलफल गर्दा, उनले ठूलो वाचा गरे। ८६ वर्षीय खेलाडीले भने, “ब्यालोन डी’ओर लेवान्डोस्कीलाई दिनुहोस्। अन्यथा, म उसलाई मेरो दिनेछु।”
कोभिड–१९ महामारीका कारण बालोन डी’ओर खारेज हुनुअघि फिफा पुरुष उत्कृष्ट खेलाडीको अवार्ड जितेका लेवान्डोस्कीले २०२० मा बायर्न म्युनिखको ट्रेबल उपाधि जिताउन ठूलो भूमिका खेलेका थिए, जसमा उनले राष्ट्र र क्लबका लागि ५० खेलमा ५६ गोल गरेका थिए।
पोल्याण्डका कीर्तिमान गोलकर्ताले २०२१ मा पनि आफ्नो उत्कृष्ट लयलाई कायम राखे तर त्यो मेस्सीलाई पछि पार्दै ब्यालोन डी ओर अवार्ड जित्न पर्याप्त भने भएन। सोमबार पेरिसमा भएको एक समारोहमा मेस्सीले पोलिस स्टारलाई पछि पार्दै कीर्तिमानी सातौँ पटक ब्यालोन डी ओर अवार्ड जित्न सफल भए।
अब के लुइस सुवारेजले आफ्नो वाचा पूरा गर्लान् त ?

