बालोन डी’ओरको रिस बायर्नले बार्सिलोना माथि पोख्ने, जसरी पनि च्याम्पियन्स लिग जित्ने !

एजेन्सी – बालोन डी’ओरमा रोबर्ट लेवान्डोस्की पछि परेपछि जर्मनीमा आक्रोश पैदा भएको छ। एक पछि अर्का खेलाडी तथा पूर्व खेलाडीहरु बालोन डी’ओर लियोनेल मेस्सीलाई दिने निर्णयको आलोचना गरिरहेका छन्।

यसै बीच रोबर्ट लेवान्डोस्कीका सहकर्मी थोमस मुलर पनि उक्त निर्णयको आलोचनामा उत्रिएका छन्। मेस्सीलाई बालोन डी’ओर दिने निर्णयलाई उनले निराशाजनक भनेका छन्।

मुलरले आफ्नो धारणा राख्नेक्रममा बुन्डेसलिगाका खेलाडीहरूलाई कम्जोर आँक्ने प्रवृति विरुद्ध डटेर लड्ने संकेत पनि गरेका छन्। बुन्डेसलिगाकालाई प्रमाणित गर्न एक पटक पुनः च्याम्पियन्स लिग जित्ने उनको प्रण छ।

बालोन डी’ओरको आक्रोश बार्सिलोना माथि पोख्ने

बालोन डी’ओरमा लेवान्डोस्कीलाई पछि पारिएपछि च्याम्पियन्स लिगमा बलियो प्रदर्शन गर्न मुलर प्रेरित भएका छन्। यससँगै यो स्पष्ट भएको छ कि बायर्नले च्याम्पियन्स लिगलाई थप गम्भीरताका साथ लिनेछ।

“यसबाट च्याम्पियन्स लिग म्युनिखमा फिर्ता ल्याउएर सबैले यहाँ के भइरहेको छ भनेर देखाउन प्रेरणा मिलेको छ। बुन्डेसलिगामा हामीसँग उत्कृष्ट खेलाडीहरू छन् र समय आउँदा हामीले प्रमाणित गर्ने छौँ।”,मुलर भन्छन्।

त्यस्तै मुलरले आफूहरु आउने च्याम्पियन्स लिग खेलका लागि केन्द्रित भैसकेको पनि बताएका छन्। बायर्न के हो र जर्मन लिग के हो भन्ने कुरा आउने खेलमा देखाउने मुलरको भनाई छ।

च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेको बायर्न म्युनिखले आउने हप्ता बार्सिलोनाको आतिथ्यता गर्दैछ। बायर्नको घरेलु मैदानमा हुने उक्त खेलमा बार्सिलोनालाई ठूलो अन्तरले गराउने अनुमान गरिएको छ। पछिल्लो खेलमा बायर्नले बार्सिलोनालाई उसकै घरेलु मैदानमा ३-० को गोल अन्तरले पराजित गरेको थियो।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१३:२८

अन्तत: मेस्सीको सामु घुँडा टेक्न बाध्य भए रोनाल्डो !