लियोनेल मेस्सीका बुबा जर्ज मेस्सीले सोमबार क्रिस्टियानो रोनाल्डो र उनका फ्यानहरूलाई आफ्नो छोराले रेकर्ड सातौं ब्यालोन डी’ओर अवार्ड जितेपछि व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।

मेस्सी र रोनाल्डो बीच गत एक दशक भन्दा बढी समयदेखि राइभलरी चल्दै आएको छ। यी दुई सुपरस्टार खेलाडी बीच को उत्कृष्ट भन्ने विवाद निकै लामो समय देखि चल्दै आएको छ। एक-अर्काका चिर-प्रतिद्वन्दी रहेको बाबजुद पनि मेस्सी र रोनाल्डो बीच एक-अर्काका लागि निकै सम्मान रहेको छ। लालिगामा सन् २००९ देखि २०१८ सम्म ठूलो प्रतिस्पर्धा चल्दा पनि यी दुई स्टार बीच कहिले पनि एक-अर्काका लागि सम्मान कम भएको छैन।

मेस्सीले आफ्नो सातौं ब्यालोन डी’ओर जितेपछि, रोनाल्डोले एक इन्स्टाग्राम पोस्ट साझा गरे जसले ब्यालोन डी’ओर २०२१ गालामा दुईवटा निर्णयमाथि प्रश्न उठायो। पहिलो, पोष्टले रोनाल्डोलाई समग्रमा छैटौं स्थानमा राख्ने निर्णयको विरोध गर्न गत वर्ष रोनाल्डोका उपलब्धिहरू सूचीबद्ध गरेको छ। दोस्रो, रोनाल्डोको भन्दा अर्जेन्टिनाको उत्कृष्ट गोलको रेकर्ड हुँदाहुँदै पनि सोहि अवधिमा मेस्सीको उपलब्धिमाथि प्रश्न उठाइयो।

अब, मेस्सीका बुबा जर्जले ट्वीटरमा ब्यालोन डी’ओर अवार्ड पाएको आफ्नो छोराको तस्बिरसहित निम्न क्याप्सन पोस्ट गरेर प्रतिक्रिया दिएका छन्, “ब्ला ब्ला ब्ला… जारी राख्नुहोस्।”

