सन् २०२२ आउन अब एक महिना मात्रै बाँकी छ। नयाँ वर्षले जीवनमा नयाँ खुशी ल्याओस्, यसका लागि मानिसहरूले विभिन्न उपायहरू अपनाउँछन्। नयाँ वर्षको सुरुवातसँगै आफ्नो मनोकामना पूरा होस् भन्ने सबैको आशा हुन्छ। पुरानो वर्षका चुनौति, संघर्ष र अशुभतालाई बिर्सेर नयाँ वर्षमा घरमा सुख–समृद्धि होस्, पैसाको कमी नहोस् भन्ने चाहनुहुन्छ भने वास्तु अनुसार २०२२ अघि नै केहि चीजहरु घर बाहिर गर्नुहोस्। घरमा राखिएका धेरै अशुभ कुराले घरको शुभता कम गर्छ।
भाँचिएका मूर्तिकलाहरू
नयाँ वर्षलाई स्वागत गर्नुअघि पूजा घर राम्ररी सफा गर्नुहोस्। ध्यान राख्नुहोस् कि भाँचिएका मूर्तिहरू मन्दिरबाट हटाउनु पर्छ। घरमा भाँचिएको मूर्ति राख्नु अशुभ मानिन्छ। फोहोर पूजाघरमा लक्ष्मीको बास कहिल्यै पनि हुँदैन।
खराब घडी
जीवनमा समय धेरै महत्त्वपूर्ण छ। यस्तो अवस्थामा समय देखाउने घडीलाई बेवास्ता नगर्नुहोस्। यदि घरमा कुनै घडी बिग्रिएको छ भने तुरुन्तै त्यसलाई घरबाट निकाल्नुहोस्। रोकिएको घडीले नकारात्मक ऊर्जा पैदा गर्छ।
खराब इलेक्ट्रोनिक्स वस्तु
नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा रहेका पुराना इलेक्ट्रोनिक सामानहरू बाहिर फाल्नुहोस्। तिनीहरूले पनि नकारात्मक ऊर्जा उत्पन्न गर्दछ। त्यसैले भुलेर पनि घरमा ठाउँ नदिनुहोस्।
फुटेको गिलास
घरमा कुनै किसिमको सिसा फुटेको छ भने तुरुन्तै हटाउनुहोस्, चाहे त्यो सिसाको भाँडो होस्, फोटो फ्रेम होस् वा ऐना होस्। फुटेको गिलासले वास्तु दोष ल्याउँछ र यसले मानसिक तनाव पनि पैदा गर्छ।
फाटेको जुत्ता-चप्पल
नयाँ वर्षअघि घरको सरसफाई गर्दा पुरानो र च्यातेका जुत्ता र चप्पल निकाल्न नबिर्सनुहोस्। फाटेको जुत्ता र चप्पलले घरमा नकारात्मकता र दुर्भाग्य ल्याउँछ। साथै आर्थिक समस्या पनि निम्त्याउन सक्छ।
फुटेको-भाँचिएको भाँडो
घरमा फुटेका वा चर्केका भाँडाहरू कहिल्यै नराख्नुहोस्। यस नयाँ वर्षमा घरबाट फुटेका भाँडाकुँडाहरू निकाल्नुहोस्। यस्ता भाँडाकुँडा घरमा राख्नु अशुभ मानिन्छ।
भाँचिएको फर्निचर
भनिन्छ घरमा भाँचिएको खाट वा पलंग राख्नाले दाम्पत्य जीवनमा कलह आउँछ। नयाँ वर्षमा पार्टनरसँग खुसीसाथ जीवन बिताउन चाहनुहुन्छ भने घरबाट फुटेका फर्निचर हटाउनुहोस्।