काठमाडौँ – युरेनियम जस्तो देखिने पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। युरेनियम जस्तो देखिने पदार्थलाई बिक्री गर्ने योजनामा रहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा जिल्ला नुवाकोट बिदुर नगरपालिका घर भई हाल काठमाडौँको मनमैजु बस्ने ३१ वर्षिय प्रदिप घिमिरे, जिल्ला नुवाकोट बिदुर नगपालिका घर भई हाल मनमैजु नै बस्ने राजेन्द्र परियार र तारकेश्वर न.पा.फुटुङ् बस्ने ३६ वर्षिय रंजित कार्की रहेका छन्।
प्रहरीली तीनै जनालाई बालाजु बसन्तनगरको एक गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो। उनीहरुलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट युरेनियम जस्तो देखिने टल्किने पद्वार्थ १२ सय ग्राम बरामद गरेको छ। उनीहरुले उक्त पद्वार्थ प्रति के.जी. २ करोडको दरले किनबेच गर्न लागेका थिए।
“बालाजु बसन्तनगर स्थित गेष्ट हाउसमा हेर्दा युरेनियम जस्तो देखिने टल्किने पद्वार्थको अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको विशेष प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ।”,पक्राउ गरिएको बारे महाशाखाले भनेको छ।
पक्राउ गरिएका तीनै जनालाई महानगरीय प्रहरी वृत्त, बालाजु, काठमाण्डौ पठाइएको छ भने उनीहरु माथि थप अनुसन्धान भइरहेको छ।