काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्णय गर्न जनताले शुरु गरेको दिन हरेक अपराधीले सजाय पाउने बताएका छन्।
शुक्रबार एक ट्वीट गर्दै थापाले स्वाभिमानी नागरिकको रुपमा जनताले निर्णय गर्न शुरु गरेको दिन हरेक अपराधीले सजाय पाउने बताएका हुन्। द्वन्दकालमा माओवादीले ज्यान लिएका मुक्तिनाथ अधिकारीको स्मरण गर्दै थापाले यस्तो लेखेका हुन्।
अधिकारी लमजुङ स्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। द्वन्दकालमा माओवादीले अधिकारीको माघ तीन गते ज्यान लिएका थिए।
२०५८ माघ ३ गते माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले स्कुलबाटै उठाएर गो’ली हानि ज्यान लिएको थियो।
सोहि घटनाको चित्रण गर्ने नागरिक न्युजका सम्पादक गुणराज लुइंटेलले शेयर गरेको लेखमा टिप्पणी गर्दै थापाले स्वाभिमानी नागरिककोरुपमा जनताले निर्णय गर्नुपर्ने बताएका हुन्।
“स्वाभिमानी नागरिककोरुपमा जनताले निर्णयगर्न शुरुगरेको दिन अपराधीहरु कानुनको कठघरामा पुग्नेछन्”,थापाले टिप्पणी गर्दै लेखेका छन्।
स्वाभिमानी नागरिककोरुपमा जनताले निर्णयगर्न शुरुगरेको दिन अपराधीहरु कानुनको कठघरामा पुग्नेछन्
“…मफलरले घाँटी बेरेर रूखमा बाँधेको,एउटा घुँडा टेकिरहेको र अर्को खुट्टा कान्लामा झुन्डिएको मुक्तिनाथ अधिकारीको तस्बिर अखबारमा आयो।..त्यो तस्बिर सबैका मनमा गढ्यो।र, आजपर्यन्त छाइरहेको छ” https://t.co/Oeyn6APFiW
— Kamal Thapa (@KTnepal) January 17, 2020