यस्तो सुन्दर तरिकाले रोनाल्डोले गरे करियरको ८०० औं गोल [भिडियो सहित]

म्यानचेस्टर युनाइटेडका स्टार क्रिष्टियानो रोनाल्डोले बिहीबार आर्सनल विरुद्धको खेलमा आफ्नो करियरको ८०० औं गोल गर्नुका साथै पेनाल्टीबाट खेलको विजयी गोल समेत गरे। पोर्चुगिज फरवार्डलाई फुटबल इतिहास कै सर्वाधिक गोल गर्ने खेलाडी मानिन्छ।

इतिहास कै सर्वकालीन सर्वाधिक गोल गर्ने ३६ वर्षीय स्ट्राइकरले म्यानचेस्टर फर्किएपछि पनि लगातार एक पछि अर्को रेकर्ड तोड्दै आएका छन्। रोनाल्डोले २०२१ मा महत्त्वपूर्ण क्षणहरूमा गोल गर्ने बानी नै बनाएको छ, किनकि उनले प्रिमियर लिगमा छ पटक गोल गरका छन् भने दुई अन्तिम समयमा विजयी गोल सहित आफ्ना पाँच च्याम्पियन्स लिग खेलहरूमा ६ गोल गर्न सफल भएका छन्।

रोनाल्डोले मार्कस रासफोर्डको पासमा करियरको ८०० औं गोल गर्न डी-बक्स भित्रबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भएको थियो। “अविश्वसनीय,” मिडफिल्डर ब्रुनो फर्नान्डिसले रोनाल्डोको बारेमा अमेजनलाई भने, “हामी सबैलाई थाहा छ उनले हरेक खेलमा सुधार गर्दैछन्, हरेक वर्ष। उनी उत्कृष्ट बन्न चाहन्छन् र उनले त्यही गरे। उनलाई थाहा छ कि कसरी आफूलाई आत्म-उत्प्रेरित गर्ने।”

https://twitter.com/i/status/1466532300221345792

उनले व्यवसायिक खेल करियरमा स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८, रियल म्याड्रिडबाट ४३८ खेलमा ४५०, युभेन्ट्सबाट १३४ खेलमा १०१, पोर्चुगलबाट १८४ खेलमा ११५ र युनाइटेडबाट यो सिजन १६ खेलमा १२ गोल गरेका छन् ।

३६ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (११५), च्याम्पियन्स लिग (१४०) र युरोपियन च्याम्पियनसिप (१४) को सर्वाधिक गोलकर्तासमेत हुन् ।रोनाल्डोले एफए कपमा टोटेनहमविरुद्ध गोल गर्दै १ सय गोल पुरा गरेका थिए ।

रियल म्याड्रिडबाट च्याम्पियन्स लिगमा आयाक्सविरुद्ध २ सयौं गोल पुरा गरेका थिए । ला लिगामा एथलेटिको बिल्वाओविरुद्ध ३ सय, ला लिगामै सेल्टाविरुद्ध ४ सय, च्याम्पियन्स लिगमा साख्तरविरुद्ध ५ सय, च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध ६ सय र लक्जेमवर्गविरुद्ध ७ सय गोल पुरा गरेका थिए ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१६:०६

“कसैले ८०० खेल खेल्न सक्दैनन्, रोनाल्डोले ८०० गोल गरे: अनि त्यस्ताले रोनाल्डोको कुरा गर्ने”