बंगालको खाडीमा चक्रवात, नेपालमा के होला असर ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – बंगालको खाडीको मध्य पश्चिम भुभागमा हिजो शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले शनिबार बिहान एक विशेष बुलेटिन जारी गर्दै जवाद नामको सामुन्द्रिक चक्रवातको प्रभाव सोमबार सम्म रहने जानकारी गराएको छ। सोमबार पछि सो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने महाशाखाले जनाएको छ।

महाशाखाको सूचना निम्न छ – 

बंगालको खाडीको मध्य पश्चिम भु-भागमा हिजो (२०७८/०८/१७ गते) जवाद (JAWAD) नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको छ।सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज राती वाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने सो प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

भोली आइतबार बाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने संभावना देखिएको छ। सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आईतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।आईतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु_भागहरुका एक-दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ।सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने संभावना रहेको छ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसो वाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

मौसम पूर्वानुमान महाशाखाले माथी उल्लिखित दुबै प्रणालीहरुलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार विशेष बुलेटिन जारी गर्नेछ।

यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन समेत अनुरोध छ।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८०८:२६

जर्मन क्लासिको: हालाण्ड भर्सेस लेवान्डोवस्की ! खेल कुन च्यानलमा हेर्ने ?