काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। गत हप्ताको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ७ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
गत हप्ता सुनको मूल्य
गत हप्ता सुनको मूल्य आइतबार २ सय रुपैंयाँले बढ्दा सोमबार र मंगलबार १ सय रुपैंयाँले घटेको थियो। त्यस्तै बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको थियो। बिहिबार सुनको मूल्यमा कुनै परिवर्तन नभएपनि शुक्रबार भने सुनको मूल्य २ सय रुपैंयाँले घटेको थियो।
चाँदीको मूल्य
सुन मात्र नभई आज चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूलत तोलामा रु १० ले बढेर प्रतितोला १ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।