काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनले ६ महिनाभित्र हिन्दूराज्य र राजतन्त्र ब्यूँताउने घोषणा गरेका छन्। राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले ६ महिनाभित्र हिन्दूराज्य र राजतन्त्र ब्यूँताउने घोषणा गरेका हुन्।
लिङ्देनले राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाएर अगाडी बढ्ने बताए। राप्रपा बाहिर रहेका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गर्ने लिङ्देनको भनाई छ। राष्ट्रिय शक्ति निर्माण गरिसकेपछि निर्वाचनको तयारी गर्दै सडक संघर्षको प्रारम्भ गर्ने पनि लिङ्देनले घोषणा गरे।
“राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ। र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ।”,लिङ्देनले भने।
लिङ्देनले राप्रपा निरन्तर कम्जोर भैरहेकाका कारण आफू अगाडी बढ्नु परेको समेत बताए। पहिला टुक्रा-टुक्रा भएको पार्टी एकीकरण पछि पनि कुनै ठोस प्रगति हुन नसकेको लिङ्देनको भनाई छ।
लिङ्देनले भने,”राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदैखिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ। यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन। विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्यौँ। एकीकरण गरेको दुुई वर्ष वित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरू देखाउनु भएन।”