च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै ! कुन खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) विभिन्न आठ खेलमा प्रतिस्पर्धा हुदैछ । आज समूह ‘ए’, बी, सी र डीका समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुदैछ ।

समूह ‘ए’ मा पिएसजीले क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्दा आरबी लाइप्जिङले म्यानचेस्टर सिटीसँग खेल्दैछ । यो समूहबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह विजेता तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । दुवै टोली समूह चरणमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् । क्लब ब्रुग र लाइप्जिग पनि जितसहित लिग चरण अन्त्य गर्ने लक्ष्यमा हुनेछन् ।

आरबी लाइप्जिङ र म्यानचेस्टर सिटी बीचको खेल नेपाली समय अनुसार ११ बजेर ३० मिनेटमा शुरु हुनेछ। सो समयमा पिएसजीले क्लब ब्रुगको सामना गर्नेछ। आरबी लाइप्जिङ र म्यानचेस्टर सिटी बीचको खेल सोनी टेन १ र पिएसजी र ब्रुग बीचको खेल सोनी टेन २ हेर्न सकिनेछ।

समुह ‘बी’ मा एफसी पोर्टाे र एट्लेटिको म्याड्रिड तथा एसी मिलान र लिभरपुल प्रतिस्पर्धा हुनेछ । यो समूहबाट लिभरपुल शतप्रतिशत जितसहित १५ अंक जोडेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । पोर्टाे, मिलान र एट्लेटिको म्याड्रिडको नकआउट चरण पुग्ने सम्भावना रहेको छ । यो दुई खेलमा बराबरीको नतिजा निस्किएको खण्डमा पोर्टाे समूह उपविजेता बन्दै अघि बढ्नेछ ।

समुह ‘बी’का खेलहरु नेपाली समय अनुसार रातको १ बजेर ३० मिनेटमा शुरु हुनेछ। एफसी पोर्टाे र एट्लेटिको म्याड्रिड बीचको खेल सोनी टेन ३ मा र एसी मिलान र लिभरपुल बीचको खेल सोनी टेन २ मा हेर्न सकिनेछ।

समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सिपीसँग तथा बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग खेल्दैछ । आयाक्स र स्पोर्टिङ सिपीले नकआउट चरणमा स्थान पक्का गरिसक्दा डर्टमुनन्ड र बेसिक्टास बाहिरिसकेको छ । बेसिक्टासले अंकको खाता खोल्न सकेको छैन ।

समुह ‘सी’का खेलहरु नेपाली समय अनुसार रातको १ बजेर ३० मिनेटमा शुरु हुनेछ। आयाक्स र स्पोर्टिङ सिपी बीचको खेल सोनी सिक्समा हेर्न सकिनेछ भने बोरुसिया डर्टमुन्ड र बेसिक्टास बीचको खेल भने कुनै पनि च्यानलमा प्रशारण हुने छैन।

समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टर मिलानसँग तथा साख्तर डोनेस्कले एफसी सेरिफसँग खेल्दैछ । यो समूहबाट रियल र इन्टरले नकआउट चरणको यात्रा तय गरिसक्दा सेरिफ र साख्तर बाहिरिसकेका छन् । रियल र इन्टरबीचको खेलले समूह विजेताको छिनोफानो गर्नेछ ।

रियल म्याड्रिडले इन्टर मिलान बीचको खेल रातको १ बजेर ३० मिनेटमा शुरु हुनेछ। खेल सोनी टेन १ मा हेर्न सकिनेछ। तर साख्तर डोनेस्क र एफसी सेरिफ बीचको खेल भने कुनै पनि च्यानलमा प्रशारण हुनेछैन।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१७:४२

सलाह: लिभरपुलमा अनिश्चित भविष्य अनि बार्सिलोना !