जिदान पिएसजी नजान सक्ने, यो क्लब हुन सक्छ बाधक !

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान गएको कयौं महिना देखि खालि छन्। रियल छाडेयता उनी कुनै पनि क्लब अथवा फुटबल टोलीसँग आवद्ध भएका छैनन्। धेरै क्लबले उनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन भने सकिरहेको छैन।

केहि समय अगाडी जिदानको नाम प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिएको थियो। ओले गुन्नार सोल्साएरको ठाउँमा जिदानलाई भित्र्याउने युनाइटेडको प्रयास असफल भएको थियो। युनाइटेडले जिदानलाई विभिन्न प्रस्ताव राखेपनि उनी प्रिमियर लिगमा जान चाहेनन्।

त्यस्तै जिदानको नाम फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग पनि जोडिने गरेको छ। पिएसजीले वर्तमान प्रशिक्षक मौरिसियो पोचेटिनोलाई हटाएर जिदानलाई क्लबको जिम्मेवारी दिन लागेको बताइन्छ। पिएसजी र जिदान पक्ष बीच केहि समय अगाडी छलफल समेत भएको खबर आएको थियो।

जिदानको नाम लगातार पिएसजीसँग जोडिएपनि फ्रेन्च लेजेण्ड थियरी हेनरी भने जिदान पिएसजी नजाने बताउँछन्। उनका अनुसार जिदान पिएसजी जाने सम्भावना अत्यन्त न्यून छ। जिदानका पूर्व सहकर्मी समेत रहेका हेनरीका अनुसार जिदान मार्सेलेमा जन्मिएको कारण पिएसजी नजान सक्छन्।

पिएसजी र मार्सेले धेरै पूराना प्रतिद्वन्दी हुन्। जन्मस्थानको क्लबको प्रतिद्वन्दी क्लबमा जान पिएसजीलाई असहज हुने हेनरीको भनाई छ।

“मलाई लाग्छ कि जिदान पिएसजीका लागि राम्रो विकल्प हुन सक्छन्। तर मलाई के लाग्छ भने जिदान पिएसजी नजान पनि सक्छन्। जिदान मार्सेलेसँग सम्बन्धित छन्। हामी सबैलाई थाहा छ पिएसजी र मार्सेले बीच कुन हद सम्मको दुश्मनी छ। यस्तोमा उनी पिएसजीमा होलान् भन्नेमा शंका छ।”,हेनरीले भने।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१८:३१

“हो कहिलेकाहिँ स्वार्थी हुन्छु, तर मानेले गोल गर्दा ईर्ष्या लाग्दैन”