बार्सिलोनाको असली प्रतिक्षा आज ! खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको वास्तविक परिक्षण बुधबार राति हुँदैछ। बार्सिलोना च्याम्पियन्स लिगमा अगाडी बढ्दछ कि युरोपा लिगमा झर्छ भन्ने कुराको आज टुंगो लाग्नेछ। च्याम्पियन्स लिगको मुख्य दाबेदारको रुपमा रहेको जर्मन च्याम्पियन बायर्न म्युनिखलाई उसमै मैदानमा बार्सिलोनाले चुनौती दिने प्रयास गर्नेछ।

खेल नेपाली समय अनुसार अनुसार बुधबार राति १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल बायर्नको घरेलु मैदानमा हुनेछ। बायर्न विरुद्धको खेलमा बार्सिलोना जित्नैपर्ने दबावमा हुनेछ।

बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘इ’को दोस्रो स्थानमा छ। बायर्नलाई पराजित गरेको खण्डमा बार्सिलोना सहजै नकआउट चरणमा प्रवेश गर्नेछ। तर बराबरी अथवा हार बेहोरेको खण्डमा भने बार्सिलोनाले बेन्फिका र डाइनामो किभ बीचको खेलमा भर पर्नुपर्नेछ।

यदि बायर्नसँग बार्सिलोना हार्छ र बेन्फिकाले डाइनामो किएभलाई पराजित गर्छ भने बार्सिलोना समूहचरणबाटै बाहिरिनेछ। त्यस्तो हुँदा बेन्फिका बार्सिलोना भन्दा १ बढी अंक बनाएर नकआउट चरणमा प्रवेश गर्नेछ।

तर यदि बेन्फिकाले डाइनामो किएभसँग बराबरी खेलेको अथवा हारेको अवस्थामा बार्सिलोना बायर्न विरुद्धको खेलको नतिजा जे जस्तो भएपनि च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ।

खेल कुन च्यानलमा हेर्ने ?

च्याम्पियन्स लिगका कुनै पनि खेल नेपाली च्यानलले प्रशारण गर्दैनन्। बायर्न र बार्सिलोना बीचको खेल गर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल सोनी टेन २ ले प्रतक्ष्य प्रशारण गर्नेछ।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८०८:५५

मेस्सी र एम्बाप्पे बीच मिठो तालमेल, त्यो पास अनि मेस्सीको उत्कृष्ट गोल [भिडियो सहित]