ओमिक्रोनलाई साधारण नलिनुहोस् , आफ्नो सुरक्षाको लागि अपनाउनुहोस यी तीन तरिका !

कोरोना भाइरसले निकै लामो समयसम्म सबैलाई समस्यामा पारेको छ। जसकारण धेरै मान्छेको जिन्दगी उथल-पुथुल भएको छ। कोरोनाको डेल्टा भेरिएन्टको केस कम भएपछि हरेक यसबाट छुटकारा पाएर  खुशी भएका थिए। तर ओमिक्रोन भेरिएन्टले सबैलाई चिन्तामा परेको छ। तर आफ्नो स्वास्थ्यको ख्याल राख्यौ भने सब कुरा पक्कै पनि ठिक हुनेछ। थाहा  पाउनुहोस् यसबाट बच्ने तरिका -:

यस्ता छन् लक्षण :-

– धेरै थकित हुनु
– घाँटी दुख्नु
– मांसपेशी दुख्नु
– रुघाखोकी आदि ।

खोप लगाउनुहोस्

यदि तपाईं नयाँ कोरोना भेरियन्ट ओमिक्रोनबाट आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न चाहनुहुन्छ भने कोरोना भ्याक्सिनको दुवै डोज लगाउनुहोला। पछि यो खोपले तपाईंलाई यो भाइरसबाट बचाउन मद्दत गर्न सक्छ। त्यसैले खोप लगाउनुहोस् र आफ्नो वरपरका मानिसलाई पनि यसबाट बच्न सचेत गराउनुहोस्।

मास्क लगाउनुहोस्

कोरोना भाइरसको भेरिएन्ट चाहे जुनसुकै होस् मास्क लगाउन निकै जरुरी छ। एक राम्रो र सफा मास्कले भाइरसबाट बच्न निकै मदत्त गर्छ। यति मात्र नभई एउटा सर्जिकल मास्क र एउटा कपडाको मास्क लगाएर मान्छेहरु डबल मास्किंग पनि लगाउँछन्। साथै आफु पनि मास्क लगाउनुहोस र बच्चाहरुलाई पनि मास्क लगाउन आग्रह गर्नुहोस।

सामाजिक दूरी र हात सेनिटाइजरको ख्याल गर्नुहोस्

सकेसम्म घरबाट बाहिर ननिक्लिनुहोला र जरुरी कमको लागि मात्र बाहिर निस्किनुहोस। साथै सामाजिक दुरीको ख्याल राख्नुहोला। घरमा आएपछि र घरबाहिर सेनिटाइजर प्रयोग गर्नुहोला।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१५:३७

जुम्राबाट छुट्कार पाउने घरेलु उपाय: केहि दिनमानै जुम्राबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय!