रोनाल्डो बिना रियलले सेमी-फाइनल खेल्यो, मेस्सी बिना बार्सिलोना युरोपा लिगमा पुग्यो !

लियोनेल मेस्सी/क्रिस्टियानो रोनाल्डो युग स्पेनिस फुटबलको इतिहासमा सबैभन्दा महान् मध्येको एक थियो। यद्यपि सबैलाई थाहा थियो कि यो एक दिन अन्त्य हुनेछ। दुबै खेलाडीले अब ला लिगामा आ-आफ्नो क्लब छोडेका छन्। यस्तोमा यो हेर्न लायक हुनेछ कि आफ्ना स्टार खेलाडी बिना कुन क्लबले च्याम्पियन्स लिगमा कस्तो प्रदर्शन गर्नेछ।

बार्सिलोनाले मेस्सीलाई गुमाएको ६ महिना पनि नहुँदै च्याम्पियन्स लिगको समूहमा तेस्रो हुँदै आफूलाई युरोपा लिगमा घटुवा भएको पाएको छ। बार्सिलोनाको टोली भित्र समग्र गुणस्तरको सन्दर्भमा स्पष्ट गिरावट आएको प्रष्ट देख्न सकिन्छ र मेस्सीको आक्रमणकारी आउटपुट विशेष गरी च्याम्पियन्स लिगमा हराइरहेको छ। बार्सिलोनाले समूह चरणमा मात्र डिनामो किभ विरुद्ध गोल गर्न सफल भयो। बायर्न म्युनिख र बेन्फिका दुबैले क्याटालान क्लब विरुद्ध एक गोल पनि खाएनन्।

रोनाल्डोले छोडे तर रियल सम्हालियो

२०१८ को समरमा क्रिस्टियानो रोनाल्डोले २०१७/१८ मा लस ब्लान्कोसलाई च्याम्पियन्स लिग जिताउन मद्दत गरेपछि रियल म्याड्रिड छोड्ने निर्णय गरे। उनले युभेन्टससँग अनुबन्धमा हस्ताक्षर गरे र रियल म्याड्रिड एक दशकको उत्कृष्ट गोलकर्ता बिना आफ्नो अर्को च्याम्पियन्स लिगमा सामेल हुन बाध्य भयो।

तीन वर्षभन्दा बढी समयदेखि च्याम्पियन्स लिगको नकआउट टाई नहारेको रियल म्याड्रिडले अन्तिम १६ मा आयाक्ससँग हार बेहोर्नुअघि रोमा, भिक्टोरिया प्लजेन र सीएसकेए मस्कोको समूह सहज रूपमा पार गर्यो। एम्स्टर्डममा पहिलो लेगमा २-१ को जितले स्यान्टियागो सोलारीको टोलीलाई अघिल्लो चरणमा पुग्न मुख्य दाबेदार मानिएको थियो तर सर्जियो रामोस बिना मैदान उत्रिएको रियल घरेलु मैदान मै डच क्लबसँग ४-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

अर्को अन्तिम १६ फेलियर

२०१९/२० सिजनमा लस ब्लान्कोसले एक वर्ष अघिको आफ्नो असफलतालाई पछाडि राख्दै अगाडी बढ्नु पर्ने स्थिति रहेको थियो तर उनीहरुले यसपटक आफूलाई कठिन समूहमा पाए। लस मेरेन्गुएज र पीएसजी सजिलैसँग अघिल्लो चरणका लागि क्वालिफाई गरे, तर यो स्पेनिस दिग्गजहरूको दोस्रो स्थानमा समूह चरण समाप्त गर्नु दुर्भाग्य थियो, जसको कारण अन्तिम १६ मा पेप ग्वार्डियोलाको म्यानचेस्टर सिटीसँग खेल्नु परेको थियो।

कोभिड महामारीका कारण ६ महिनाको अन्तरालमा खेलिएको दुई लेगमा रियल म्याड्रिड सिटीसँग सजिलै पराजित हुन पुग्यो।

२०२०/२१ सिजन रोनाल्डो बिनाको तेस्रो सिजन थियो र रियल म्याड्रिडमा अब रोनाल्डो बिना खेल्ने बानी परेको थियो। क्लबले जिनेदिन जिदानको नेतृत्वमा रोनाल्डोले छोडेपछि पहिलो सेमिफाइनलमा पुग्यो, जहाँ उनीहरु चेल्सीसँग पराजित भए।

लस ब्लान्कोसको रेकर्डले मेस्सी र रोनाल्डो जस्ता उत्कृष्ट प्रतिभा भएका खेलाडी गुमाएपछि समायोजन हुन समय लाग्छ भन्ने देखाउँछ, तर एस्टाडियो सान्टियागो बर्नाबेउको बलियो आधारले क्लबलाई युरोपा लिगमा विनाशकारी गिरावटबाट बचायो तर बार्सिलोनाको पतन भने स्पष्ट रूपमा देखियो। मेस्सी बिना उनीहरु स्पष्ट रूपमा निकै संघर्ष गरिरहेका छन्।

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८१३:४८

बार्साको त हरेक पटक ब्याण्ड बजाउनेमा विश्वस्त मुलर, ‘उत्कृष्ट खेलाडी भएपनि अब खेल्न सक्दैनन्’