काठमाडौं – हप्ताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। गत हप्ताको अन्तिम दिन सामान्य रुपले घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन २० दिन यताकै महँगो
आज भएको वृद्धिसँगै सुनको मूल्य २० दिन यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य मङ्सिर ६ गते यताकै महँगो हो।
चाँदीको मूल्य
सुन मात्र नभई आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले बढ्दा १ हजार १ सय ९० कायम भएको छ।

