यी ५ ठूला खेलाडीलाई लखेट्ने भयो बार्सिलोनाले, जनावरीसम्म पनि नकुर्ने !

बार्सिलोनाले क्याम्प नोउमा आर्थिक संकट कम गर्नको लागि आफ्नो पहिलो टोलीबाट पाँच खेलाडीहरूलाई जनावरीमा ट्रान्सफर मार्केटमा राख्ने भएको छ।

स्यामुएल उम्टिटी र फिलिप कौटिन्हो यस सिजनमा ठूलो तलब र खेलको समयको अभावको साथ सूचीको शीर्ष स्थानमा रहेका दुई खेलाडी हुन्। त्यस्तै, सर्जिनो डेस्ट, ओस्कर मिन्गुइजा र लुक डे जोंग पनि जनवरीमा क्लब बाहिर जाने सम्भावना उच्च रहेको बुझिएको छ। मुन्डो डिपोर्टिभोले रिपोर्ट गरे अनुसार केहि खेलाडीको बहिर्गमन त डिसेम्बर २१ अगाडी नै हुनसक्छ, बार्सिलोनाले ला लिगामा क्रिसमसको विश्रामको अगाडी त्यस दिन सेभिल्लाको सामना गर्नेछ।

यसलाई ‘निकास अपरेशन’ को रूपमा डब गरिएको छ, र क्याटालान क्लबले टोलीलाई बलियो बनाउन कुनै सुदृढीकरण ल्याउनु अघि क्लबबाट केहि नामहरू हटाउन आवश्यक नै रहेको छ। डे जोङ सेभिल्लाबाट यसै ट्रान्सफर विन्डोको अन्तिम दिन लोनमा बार्सिलोना आएका थिए, तर यस सिजन उनले अहिलेसम्म बार्सिलोनाका लागि सबै प्रतियोगितामा १० खेलमा एक गोल मात्रै गरेका छन्। केहि रिपोर्टहरुका अनुसार नेदरल्याण्ड्स र टर्कीस क्लब डच स्टारलाई अनुबन्ध गर्न इच्छुक रहेका छन्।

यसैबीच, उम्टिटीले ला लिगा र च्याम्पियन्स लिगका १९ खेलमा विकल्पको बेन्चमा रहे पनि यस सिजन एक खेल पनि खेलेका छैनन्। यस सिजन ला लिगामा पाँच खेलमा मात्रै सुरुवाती ११ मा परेका कौटिन्होले क्लबमा आजको मितिसम्म निकै कमजोर प्रदर्शन गर्दै आएका छन्। गत वर्ष अक्टोबरमा डच क्लब आज्याक्सबाट आइपुगेदेखि बार्सिलोनामा खासै प्रभाव पार्न असफल भएपछि डेस्ट पनि क्लबको ट्रान्सफर सूचीमा रहेका छन्। त्यस्तै, यस सिजनमा बार्सिलोनाका लागि १६ खेल खेलिसके पनि मिन्गुइजा क्याम्प नोउमा हुन लागेको उथलपुथलको शिकार हुने भएका छन्।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१६:२९

“पीएसजीमा एउटै मात्र चर्चा छ, त्यो हो: मेस्सी, मेस्सी मेस्सी”