विश्वका पाँच नसुल्झिएका रहस्यहरु, जसको सत्यता अहिलेसम्म कसैले पत्ता लगाउन सकेन !

आज पनि संसारमा यस्ता धेरै रहस्यमय कुराहरु छन् जुनको सत्यता कसैलाई थाहा छैन। आज हामी त्यस्ता केही रहस्यमय चीजहरुको बारेमा चर्चा गर्ने छौ, जसको रहस्य अहिलेसम्म पत्ता लागेको छैन। यो आश्चर्यजनक कुराको बारेमा थाहा पाएर तपाई पनि हैरान हुनु हुनेछ।

नो रिटर्न टापु

केन्याको रुडोल्फ ताल नजिकै रहेको यो टापुलाई ‘नो रिटर्न’ टापु भनिन्छ। यस टापुमा अहिले कोही पनि बस्दैनन्। तर भनिन्छ कि, धेरै बर्ष पहिले यहाँ मानिसहरु बसोबास गर्थे। तर एक दिन यहाँ बस्ने सबै मानिसहरु अचानक गायब भए।

अहिलेसम्म त्यस टापुबाट हराएका व्यक्तिहरुलाई फेला पार्न सकिएको छैन। भनिन्छ कि, आज पनि त्यस टापुमा गएका व्यक्तिहरु कहिले फर्केर आउदैनन्।

गोलो ढुंगा

यी ढुंगाहरुको खोज १९३० को दशकतिर गरिएको थियो। १६ टन तौल भएको यस ढुंगालाई हातले नै बनाइएको हो। सबैभन्दा सानो ढुंगाको आकार टेनिस बल जस्त्रो छ।

तर घना जंगलमा यस्तो आकार सिर्जना गर्न लगभग असम्भव छ। किनकी अहिलेको समयमा हामीसंग आधुनिक यन्त्रहरु हुँदा पनि यो निकै कठिन काम हो। झन् पुरानो दिनहरुमा कुनै यन्त्र बिना नै यस्तो आकृति तयार पार्नु लगभग असम्भव मानिन्छ। यी ढुंगाहरुलाई कसले बनायो, किन बनायो, यो अहिलेसम्म एक रहस्य नै छ।

लि चिंग युएनका उमेर

यस व्यक्तिको नाम ‘लि चिंग युएन’ हो, भनिन्छ कि यी व्यक्ति २५६ वर्षको उमेरसम्म पनि जीवित थिए। चिनियाँ बासिन्दा ली चिंग औषधिका विद्वान थिए। र यसका लागि, १०० बर्षको उमेरमा सरकारले उनलाई पुरस्कृत पनि गरेको थियो।

२०० वर्षको उमेरमा पनि उनी विश्वविद्यालयमा पढाउन जाने गरेको बताइन्छ। उनले २४ बिवाह गरेका थिए तर उनको उमेर आज पनि एक रहस्य नै छ।

लोच नेस दानव ‘नेस्सी’

यो रहस्यमय जीव स्कटल्याण्डको २०० मिटर गहिरो तालमा देखिएको थियो। १९३४ सालमा, लन्डनका एक डाक्टरले आफ्नो क्यामेराले यस अनौठो जीवको तस्वीर खिचेका थिए। वैज्ञानिकहरुका अनुसार, यस जीव लाखौ बर्ष अगाडि नै लोप भइसकेको थियो।

जसको नाम ‘लोच नेस दानव’ अर्थात ‘नेस्सी’ राखिएको छ। तर त्यस जीवको तथ्य भने अहिले सम्म पत्ता लाग्न सकेको छैन।

गोलाकारको बाली

यस प्रकारको आकृतिहरु संसारभरका बिभिन्न ठाउँहरुमा भेटिएका छन्। केही व्यक्तिहरुले यो एलियनको काम हो भन्ने सोच्छन भने कसैले भने यो चक्रवात जस्तो प्राकृतिक आपतकालको कारणले भएको हो भन्ने बिस्वास गर्छन्।

तर कसले यस्तो सुन्दर आकृति बनायो भन्ने सहि जवाफ कोहीसंग पनि छैन।

प्रकाशित : शनिबार, माघ ०४, २०७६१२:०९

यस्तो शब्द कहिल्यै नबोल्नुहोस्…बन्न सक्छ दुख र असफलताको कारण !