पेरिस सेन्ट-जर्मेन (पीएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले एएस मोनाकोलाई २-० ले पराजित गरेपछि अब आगामी खेलहरूमा आफ्नो टोलीले लगातार रूपमा सुधार गर्दै जाने बताएका छन्।
एएस मोनाको विरुद्ध पीएसजीको व्यावसायिक प्रदर्शनबाट पोचेटिनो खुसी थिए। ४९ वर्षीय प्रबन्धक आफ्नो टोली लिगमा विजयी बाटोमा फर्काउन पाउँदा खुसी देखिए। मोनेगास्कस विरुद्धको खेलपछि बोल्दै मौरिसियो पोचेटिनोले भने, “मलाई लाग्छ कि धेरै राम्रो तरिकाले खेल समाप्त गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। जित्नु र तीन अंक प्राप्त गर्नु हाम्रो लागि महत्त्वपूर्ण छ। समग्रमा, प्रदर्शन एकदमै व्यावसायिक थियो र हामी २-० ले जित्यौं।”
मौरिसियो पोचेटिनोले स्टेडियममा फ्यानहरूको महत्त्वको पनि प्रशंसा गरे। पीएसजीले हालैका खेलहरुमा राम्रो प्रदर्शन गर्न सकिरहेको थिएन। यद्यपि, पूर्व टोटनह्याम कोच एकअर्कासँग खेल्दै जाँदा टोलीको प्रदर्शनमा थप सुधार हुनेमा विश्वस्त छन्। पीएसजी प्रशिक्षकले भने, “आफ्ना फ्यानहरूका अगाडि खेल्नु र राम्रो वातावरण सिर्जना गर्न सधैं महत्त्वपूर्ण हुन्छ। हामी आशा गर्छौं कि अर्को पटक हामी खेल्छौं, रंगशाला हाम्रा प्रशंसकहरूले भरिनेछ। राम्रो प्रदर्शन गर्न र लगातार राम्रो प्रदर्शन गर्नु महत्त्वपूर्ण छ। मलाई लाग्छ खेलाडीहरु एक-अर्कालाई राम्रोसँग बुझ्दै जाँदा खेल राम्रो हुँदै जानेछ।”
पीएसजीले पार्क डे प्रिन्सेसमा प्रतिद्वन्द्वी एएस मोनाकोलाई २-० ले हरायो। फ्रेन्च स्टार किलियन एमबाप्पेको दुई गोलले पेरिसका दिग्गजहरूका लागि सबै तीन अंक सुरक्षित गर्यो।

