प्रचण्डलाई दीपकको प्रश्नै-प्रश्न, निकाले बुर्जुवा शिक्षाको कुरापनि ! के भने ?

काठमाडौँ – कलाकार तथा निर्माता दीपकराज गिरीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामन्त हुनबाट बचाउन आग्रह गरेका छन्। प्रचण्डले शेयरबजारलाई सामन्तवादको संज्ञा दिएपछि गिरीले आफूलाई सामन्त हुनबाट बचाइदिन प्रचण्डलाई आग्रह गरेका हुन्।

प्रचण्डले शनिबार पुँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए। पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको प्रचण्डको भनाई थियो। प्रचण्डको उक्त भनाई बारे सर्वत्र आलोचना भइरहेको छ।

प्रचण्डको उक्त भनाईमा सामाजिक संजाल मार्फत प्रतिक्रिया जनाउँदै गिरीले के काममा लगानी गर्ने भनेर प्रचण्ड माथि प्रश्नै-प्रश्न गरेका छन्। त्यसक्रममा गिरीले प्रचण्डको ‘बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो’ भन्ने भनाईलाई पनि स्मरण गरेका छन्।

“प्रचन्ड कमरेडको पूरानो महावाणी – बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइ रहेका छन्”,गिरीले फेसबुकमा लेखेका छन्,”उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कूल गएर त्यहि छुटेको पूरानो शिक्षा पढिरहेका छन् !”

उनले फिल्म हल खोलेमा त्यो पनि बिलासितामै पर्ला कि नपर्ला भनेर प्रश्नसमेत गरेका छन्। फेसबुकमा गिरी लेख्छन्,”अब आफ्नै कुरा गरौं, फिल्म हल खोलौ भनेको त्यो फिल्म पनि बिलासिता मै पर्ला कि नपर्ला? सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरि अप्ठेरो पर्ला भनेर सोधेको । कि ब्युटी पार्लर खोलौं?हुनत धनाढ्यका बूढीहरू, छोरीहरू जाने ठाउँ त्यो पनि पक्कै सामन्तवादी लगानी नै साबित होला? अब के मा लगानी गरौं त? अब ती खाइनखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नव सामन्तहरूलाई के गर्ने त कमरेड? आफ्नो कमाई कहाँ लगाउने त रु ताकी हाम्रो लगानी सामन्तवादी लगानी नहोस ।”

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८१४:३१

निशुल्क उपलब्ध खोप १५ हजारमा बेच्न खोजेपछि …