यो साल पनि बिहे नभएपछि चिन्तित केकी, भन्छिन्-‘मङ्सिर पनि हिड्यो त’

केकी अधिकारी नेपाली चलचित्र जगतमा निकै नाम कमाएकी नायिकामा पर्छिन्। नेपाली चलचित्र ‘स्वोर’ बाट फिल्म जगतमा पाइला राखेकी केकीको अभिनयको निकै चर्चा हुने गर्छ।

पछिल्लो समय उनका फिल्महरु खासै सफल हुन नसकेपनि उत्कृष्ट अभिनय शैली कै कारण उनलाई कामको भने कुनै कमी छैन। निकै व्यस्त नायिकामा पर्छिन् केकी अधिकारी। मसान, आई एम सरी, मायाको बारीमा जस्ता चलचित्रमा काम गरिसकेकी केकीको मिडिया पनि निकै चर्चा हुने गर्छ। मिडियामा उनको अभिनय र चलचित्रको चर्चाको त कतै कमी छैन तर उनको व्यक्तिगत जीवनको पनि निकै चर्चा हुने गर्छ।

अहिलेसम्म अविवाहित नै रहेकी नायिका केकीको विवाहको बारेमा पछिल्लो केहि वर्षहरुमा दर्शक तथा मिडियाले निकै चासो देखाएका छन्। उनलाई हरेक अन्तर्वार्तामा सोधिने प्रश्न हो ‘विवाह कहिले गर्नुहुन्छ ?’ आफ्ना फ्यान्स माझ निकै लोकप्रिय रहेकी उनी यस्ता प्रश्न बारे खुलेर बोल्न मन गर्दिनन् र प्राय: भन्ने गर्छिन्,”आफूले सोचेको जस्तो लायक केटा भेटेको नै छैन।”

 

View this post on Instagram

 

A post shared by Keki Adhikari (@kekiadhikari)

यसै माझ हालसालै उनले सामाजिक सञ्जालमा गरेको यस पोष्टले अहिले निकै चर्चा पाएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफ्नो एक सुन्दर तस्बीर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन्,”मङ्सिर पनि जान पो लाग्यो त!!” केकीको यस्तो पोष्टले अहिले सामाजिक सञ्जालमा तरंग उत्पन्न गरेको छ। उनको यस्तो पोष्टको मतलब उनलाई यो साल पनि आफ्नो विवाह नभएकोले चिन्ता लागेको हो कि भन्ने धेरैले अनुमान गर्न लागेका छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८११:०१

ठूलो समस्यामा फसिन् ज्याकलिन, एकसाथ लाग्नेभयो १० करोडको झड्का !