उम्लिएर पोखिने अवस्थामा रियल-हाजार्ड सम्बन्ध, चेल्सी फिर्ता पठाउने तयारी !

एजेन्सी – रियल म्याड्रिडका स्टार इडेन हाजार्ड जनवरी ट्रान्सफर विन्डोमा पूर्व क्लब चेल्सी फर्किन सक्ने देखिएको छ। विभिन्न खेल पत्रिकाहरुले गरेको दावी अनुसार कुरा मिलेको खण्डमा हाजार्ड जनवरीमा चेल्सी फिर्ता हुन सक्छन्।

इडेन हाजार्ड रियलबाट बहिर्गमनको अन्तिम अवस्थामा रहेको एल नेशनलले जनाएको छ। एल नेशनलले आफ्नो समाचारमा उल्लेख गरेअनुसार रियल र हाजार्डको सम्बन्ध यति बिग्रिएको छ कि यो उम्लिएर पोखिने अवस्थामा पुगेको छ।

लगातार घाइते भैरहने हाजार्ड आफूहरुको प्रयोगमा नआउने रियलको निष्कर्ष रहेको छ। फिट भएको अवस्थामा पनि हाजार्डले रियलमा मौका नपाउने अवस्था बनिसकेको छ। जसकारण रियल र हाजार्ड बीच सम्बन्ध नराम्रोसँग बिग्रिएको छ।

रियल हाजार्डलाई जसरी पनि अन्यत्र पठाउने तयारीमा जुटिसकेको छ। केहि समय अगाडी वेष्ट ह्यामले हाजार्डका लागि एक प्रस्ताव पनि पठाएको थियो। १ सय मिलियन युरो भन्दा बढी रकम तिरेर ल्याइएका हाजार्डका लागि वेष्ट ह्यामले २५ मिलियन युरो मात्र प्रस्ताव गरेपछि सो प्रस्ताव रियलले अस्विकार गरेको हो।

तर गएको केहि समय देखि हाजार्ड चेल्सी जान सक्ने सम्भावना देखा परिरहेको छ। हाजार्ड आफैं पनि चेल्सी फिर्ता हुन चाहेको बताइन्छ। हाजार्डले चेल्सीमा ७ वर्ष बिताएका थिए। उनले चेल्सीका लागि ३ सय ५२ खेल खेल्दा १ सय १० गोल गरेका थिए। चेल्सीमा रहेर उनले दुई प्रिमियर लिग उपाधि, एक एफए कप, एक ईएफएल कप र दुई यूईएफए युरोपा लिग उपाधि जितेका थिए।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१५:३४

FIFPRO ११ का लागि २३ खेलाडी सार्वजनिक, फ्लप बार्सिलोनाबाट ४ खेलाडी, परेनन् सलाह !