उत्कृष्ट लयमा लिभरपुलका ट्रेन्ट, स्ट्राइकरलाई समेत गर्न गार्हो पर्ने ठाउँबाट गरे गोल ! [भिडियो सहित]

एजेन्सी – जारी सिजनमा प्रिमियर लिग क्लब लिभरपुलका युवा डिफेन्डर ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड उच्च लयमा देखिएका छन्। आर्नाेल्ड डिफेन्समा मात्र नभई लिभरपुलको आक्रमणमा अभिन्न हिस्सा बनिरहेका छन्। गएको सिजन केहि कम्जोर देखिएको भएपनि जारी सिजन उनले जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्, त्यसले उनलाई विश्वको उत्कृष्ट डिफेन्डरको रुपमा पुनः उभ्याइदिएको छ।

लिभरपुलले प्रिमियर लिगको जारी सिजनमा खेलेका १७ खेल मध्ये १५ खेलमा आर्नाेल्डले खेलेका छन्। निभेम्बर महिनामा प्रिमियर लिगको उत्कृष्ट खेलाडी समेत घोषित भइसकेका उनले प्रिमियर लिगमा १५ खेल खेल्दा २ गोल गर्दै ७ असिस्ट दिएका छन्।

प्रिमियर लिगमा बिहिबार राति लिभरपुलले न्यूक्यासललाई पराजित गर्दा पनि आर्नाेल्डले उत्कृष्ट फुटबल खेले। घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याउदै ३–१ को सहज जित निकाल्दा आर्नाेल्डले गोल गरेका थिए।

खेल सकिन ३ मिनेट बाँकी रहँदा आर्नाेल्डले रोबर्टाे फिर्मिनोको पासमा उत्कृष्ट गोल गरेका थिए। उनले २५ यार्ड परबाट गरेको प्रहारले न्यूक्यासलका डिफेन्डर र गोलरक्षकलाई ‘बिट’ गर्दै गोलपोस्ट चुमेको थियो। अहिले सो गोलको सर्वत्र चर्चा छ।

सो गोल बारे बोल्दै आर्नाेल्डले यस्तो गोलको प्रतिक्षामा आफू वर्षौं देखि कुरिरहेको बताए। गोल बार प्रश्न गरिँदा उनले भने,”म पाँच वर्षदेखि यस्तै गोलको प्रतिक्षामा थिएँ।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८१९:०२

पिएसजी छाड्ने एम्बाप्पेको संकेत, पैसा केहि पनि होइन भनेपछि पिएसजीमा खैलाबैला !