नयाँ वर्ष चाँडै आउँदैछ। यस्तो अवस्थामा जनताको मनमा यो प्रश्न उठ्छ कि आउँदै गरेको नयाँ वर्ष उनीहरुका लागि कस्तो रहनेछ ? वैदिक ज्योतिषले धेरै हदसम्म यी प्रश्नहरूको जवाफ दिन्छ। वैदिक ज्योतिषशास्त्रका अनुसार सबै ग्रहहरूले निश्चित अन्तरालमा राशि परिवर्तन गर्छन्, जसको प्रभाव सबै राशिहरूमा पर्छ। २०२२ को प्रारम्भिक महिनामा, सबै ग्रहहरूमध्ये सबैभन्दा सुस्त गतिमा चल्ने शनि ग्रहले आफ्नो राशि परिवर्तन गर्नेछ। २९ अप्रिल २०२२ मा शनिले मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। यसअघि २४ जनावरी २०२० मा शनिदेवले मकर राशिमा प्रवेश गरेका थिए, तबदेखि हालसम्म शनिदेव मकर राशिमा विराजमान छन्। सन् २०२२ मा शनिले मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्ने वित्तिकै केही राशिका मानिसको समस्या बढ्नेछ भने केहीलाई शनिको पीडाबाट मुक्ति मिल्नेछ।
यी राशिका मानिसबाट हट्नेछ शनिको साढे सातीको दशा र शनिको छायाँ
सन् २०२२ मा शनि कुम्भ राशीमा प्रवेश गर्ने बित्तिकै धनु राशिका व्यक्तिहरूले शनिको साढे सातीबाट मुक्ति पाउनेछन्। यसका साथै मिथुन र तुला राशिका व्यक्तिमा शनिको ढैय्या(छायाँ) पनि समाप्त हुनेछ । शनिको साढे साती र ढैय्या(छायाँ) बाट मिल्ने मुक्तिले यी तीन राशिको शुभ दिन सुरु हुनेछ। काममा आउने बाधा अड्चन समाप्त हुनेछन्। आर्थिक र मानसिक स्थितिमा राम्रो परिवर्तन हुनेछ। रोकिएका काममा सफलता मिल्न थाल्नेछ।
यी राशिमा रहन्छ साढे साती र शनिको छायाँको प्रभाव
२९ अप्रिल २०२२ बाट शनिले कुम्भ राशिमा प्रवेश गरेपछि मीन राशिका मानिसहरूमा शनिको साढे सातीको पहिलो चरण सुरु हुनेछ। यस बाहेक कर्कट र वृश्चिक राशिका मानिसहरुमा शनिको छायाँ सुरु हुनेछ। शनिको साढे साती कुनै पनि राशिमा तीन चरणमा रहन्छ। यस्तो अवस्थामा सन् २०२२ मा शनिको राशि परिवर्तनका कारण अन्तिम चरण मकर राशिमा, दोस्रो चरण कुम्भमा र पहिलो चरण मीन राशिमा सुरु हुनेछ। वैदिक ज्योतिषका अनुसार शनिदेवको साढे सातीको दोस्रो चरण निकै पीडादायी हुन्छ।
सन् २०२२ मा शनिको गोचरको शुभ प्रभाव
वैदिक ज्योतिषका अनुसार शनि सधैं समस्या र अशुभ प्रभाव दिने ग्रह कतै हैनन्। जसको कुण्डलीमा शनि शुभ घरमा हुन्छ, त्यसले व्यक्तिलाई धनी बनाउँछ। सन् २०२२ मा मेष, वृष, तुला र धनु राशिका व्यक्तिहरूलाई शनिको राशि परिवर्तनले शुभ फल मिल्नेछ। यी राशिका व्यक्तिहरुका लागि २०२२ साल निकै फलदायी र लाभदायक रहनेछ। यी राशिका व्यक्तिहरुको आर्थिक स्थितिमा सुधार आउनेछ। समाजमा मान सम्मान मिल्नेछ।

