सर्जियो रामोसले पेरिस सेन्ट-जर्मेन (पीएसजी) करियरको पहिलो रातो कार्ड प्राप्त गर्न लिग वानमा दुई खेल मात्र खेल्नु पर्यो। रियल म्याड्रिडसँगको सम्झौता सकिएपछि स्पेनिस दिग्गज डिफेन्डर यसै सिजन मात्र नि:शुल्क ट्रान्सफरमा फ्रान्सको राजधानी पुगेका थिए।
जसपछि लगातार चोटसँग संघर्ष गर्दै आएका पूर्व रियल म्याड्रिड कप्तानले नयाँ क्लबका लागि डेब्यु गर्न भने नोभेम्बरसम्म कुर्नु पर्यो। गयराती लोरिएन्ट विरुद्धको खेल रामोसको पीएसजीका लागि यस सिजन सबै प्रतियोगितामा मात्र तेस्रो खेल थियो भने लिग १ मा मात्र दोस्रो खेल रहेको थियो।
पीएसजी १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका ३५ वर्षीय स्टार खेल सकिन ५ मिनेट बाँकी रहँदा दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाउँदै बाहिरिएका थिए। अविश्वसनीय रूपमा, रामोसलाई आफ्नो उत्कृष्ट तर अनुशासितहिन करियरमा रातो कार्ड देखाइएको यो २७ औं पटक थियो। शीर्ष पाँच लिगहरूमा, उनले २१ रातो कार्ड पाएका छन् – पोर्ट्समाउथ, इन्टर र एसी मिलानबाट खेल्ने निकटतम प्रतिद्वन्द्वी सुले मुन्तारी भन्दा आठ बढी।
यो रियल म्याड्रिडका पूर्व कप्तानबाट सामान्यतया निन्दनीय फाउल थियो, जसलाई विपक्षीको आक्रमण अगाडि बढ्न बाधा पुर्याउँदा आफूले के गरिरहेको छु भन्ने कुरा थाहा थियो। उनलाई केही मिनेटअघि मात्रै सचेत गराइएको थियो। तर, उनी भने यो निर्णयबाट सन्तुष्ट थिएनन् जसको कारण मैदान छाडेपछि उनी चौथो अधिकारीसँग बहस गर्दै गरेको देखियो।
थोमस मोनकन्डुइटले गोल गरेपछि पीएसजी अवे खेलमा लोरिएन्टसँग १-० ले पछि परेको थियो तर ९१औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पेरिस क्लबलाई एक अंक दिलाउन सफल भए।

