एमसीसी पारित भए देशमा ठूलो दुर्घटना, समानान्तर सरकार बन्ने खतरा !

काठमाडौँ – नेकपा एमालेका प्रभावशालि नेता भीम रावलले अमेरिकी सहयोग परियोजना(एमसीसी) कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रियामा आफ्नो धारण राख्दै एमसीसी कुनै पनि हालतमा संसदबाट पारित हुन नसक्ने बताएका हुन्।

रावलले राष्ट्रिय स्वाधीनता कुनै पनि सर्तसँग सट्टापट्टा गर्न नसकिने स्पष्ट रुपमा बताए। एमसीसीमा रहेका विवादित बुँदाहरु संशोधन भए मात्र सम्झौता बारे सोच्न सकिने रावलको भनाई छ।

“हेर्नुस् यो राष्ट्रिय स्वाधीनता कुनै पनि सर्तसँग सट्टापट्टा गर्न सकिँदैन । गर्न मिल्दैन । यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ । यो सम्झौता संशोधन भयो भने सोचौँला भने त्यतिबेलै भनेका थिए । म तपाईहरुका अगाडि साँचो कुरा भन्छु–यी सबै संशोधन गरौँ मैले भनेको थिए । त्यसपछि पैसा लिऊ मैले भनेको।”,रावलले भने।

एमसीसी संशोधन बिना नै संसद्बाट पारित गर्न खोजिए समानान्तर सरकारको स्थिति उत्पन्न हुने पनि नेता रावलले बताए। नेपाल शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षको थलोमा परिणत हुने र त्यसले पूरा देशलाई पराधीनतातर्फ धकल्ने रावलको बुझाई छ।

उनले भने,”नेपालका हाम्रै देशका हौँ भन्नेहरूले पनि भन्छन्–यो संशोधन हुनै सक्दैन । यसलाई अनुमोदन गर्नुपर्छ । उहाँहरू यसो भन्नु हुन्छ । त्यस कारण नेपाललाई विदेशी कम्पनीको इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यसबाट । समानान्तर सरकार । समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ । नेपाल शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षको थलोमा परिणत हुनेछ । यो हामी प्रत्येक नेपालीको हित विरुद्धमा हुनेछ ।”

प्रकाशित : शनिबार, पुष १०, २०७८१८:४३

आफ्नो पार्टीलाई माओवादीमा विलय नगराउने माधवको घोषणा !