अन्ततः प्रचण्डले स्विकारे आफ्नो गल्ती!

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्ततः आफ्नो गल्ती स्विकार गरेका छन्। सोमबार पार्टीको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले माओवादी पार्टी कमजोर हुनुमा आफ्नो दोष रहेको स्विकार गरेका हुन्।

जनयुद्धदेखि अहिलेसम्मको अवस्थामा पार्टीलाई आफूले नेतृत्व गरेको गरेको र केहि कमिकमजोरीका कारण पार्टी कम्जोर भएको प्रचण्डले बताए। पार्टी कम्जोर भएकोमा अरुलाई आलोचना गरेर केहि नहुने प्रचण्डको भनाई छ।

“जनयुद्धको तयारीदेखि त्यसको सञ्चालनसम्मको नेतृत्व गरेँ । १२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी भएँ । संविधानसभा निर्माणदेखि संविधान निर्माण भयो । सरकारको नेतृत्व गरेँ। जनयुद्धको तयारीदेखि त्यसको सञ्चालनसम्मको नेतृत्व गरेँ ।

१२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी भएँ । संविधानसभा निर्माणदेखि संविधान निर्माण भयो । सरकारको नेतृत्व गरेँ”,प्रचण्डले भने। पार्टीको राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरिएको पनि प्रचण्डले जानकारी गराए।

त्यस्तै प्रचण्डले नेकपा एमालेसँग भएको एकता गल्ती नभएको पनि बताएका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले एमालेसँग एकता स्थायित्व र समृद्धिकै लागि भएको बताए।

उनले भने,”एमालेसँगको एकता कुनै गल्ती भएको होइन । स्थायित्व र समृद्धिका लागि एमालेसँग एकता भएको थियो। यहाँ आउनु भएको शंकरजीले पनि एकता गल्ती नभएको बताउनुभएको छ । त्यो बुझाइ ठीक छ । तर एकता किन भंग भयो त्यस विषयमा हामीले महाधिवेशनमा समीक्षा गर्ने छौं । एमालेले पनि त्यसलाई समीक्षा गरोस् ।”

प्रकाशित : आइतबार, पुष ११, २०७८२१:०५

हिजो घटबढ नभएको सुनको मूल्य आज बढ्यो !