किलियन एमबाप्पे “लामो समय” पेरिस सेन्ट-जर्मेनमा हुनेछन्, रोनाल्डिन्होका अनुसार रियल म्याड्रिडसँग लामो समयदेखि नाम जोडिएका स्ट्राइकर पहिले नै “विश्वको उत्कृष्ट क्लब” मा खेल्दै छन्।
एमबाप्पेले आफ्नो करियरको पछिल्लो चार वर्ष पीएसजीमा बिताइसकेका छन् तर आफ्नो हालको सम्झौता सकिन ६ महिना मात्र बाँकी छ। तर जारी सम्झौता थप गर्न फ्रेन्च स्टार खेलाडी इच्छुक देखिएका छैनन्। यसै सिजनको सुरुवातमा रियल म्याड्रिडले पूर्व मोनाको स्टारलाई अनुबन्ध गर्नको लागि हरेक प्रयास गरेको थियो र अर्को समर ट्रान्सफर विन्डोमा एम्बाप्पे नि:शुल्क ट्रान्सफरमा स्पेनिस राजधानी प्रस्थान गर्ने धेरैको बुझाई रहेको छ।
तर पूर्व पीएसजी तथा ब्राजिलियन दिग्गज खेलाडी रोनाल्डिन्हो भने एम्बाप्पेलाई लामो समयसम्म फ्रेन्च क्लब मै देख्छन्। एम्बाप्पेको निकट भविष्य पीएसजीमा देख्ने रोनाल्डिन्होका अनुसार फ्रेन्च क्लबमा नै विश्वविजेता स्टारको भविष्य उज्ज्वल रहेको बताएका छन्।
बार्सिलोनामा आफ्नो पुस्ताको सर्वश्रेष्ठ खेलाडी मध्ये एक बन्नु अघि २००१ र २००३ को बीचमा पीएसजीमा खेलेका ब्राजिल लेजेन्डले फ्रान्सेली क्लब को आधिकारिक युट्युब च्यानलम भने: “विश्वका सबै खेलाडीहरू पेरिसमा खेल्न चाहन्छन्, विश्वका उत्कृष्ट खेलाडी पीएसजीमा छन्। त्यसिले, पीएसजी विश्व कै बेस्ट क्लब हो। त्यसैले म कल्पना गर्छु कि उनी [एमबाप्पे] लामो समयसम्म यहाँ रहनेछन्।”
रोनाल्डिन्होले एम्बाप्पेको पीएसजीमा एक मायावी च्याम्पियन्स लिग ताज जित्ने मौकामा भने, “आज, पेरिस सेन्ट-जर्मेन एक विश्व बेन्चमार्क हो। यो उनको करियरको लागि उत्कृष्ट हुनेछ, उनी यति जवान छन् र पहिले नै धेरै चीजहरू हासिल गरिसकेका छन्। मलाई लाग्छ कि च्याम्पियन्स लिग उनको नजरमा छ। र यदि उनले त्यो पेरिस सेन्ट-जर्मेनसँग जिते भने यो अद्भुत हुनेछ।”

