काठमाडौँ – साताको चौंथो दिन आज सुनको मूल्य घटेको छ। पछिल्लो केहि दिन देखि समस्या रुपले घटिरहेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी सुनको मूल्य आइतबार स्थिर रहेपनि सोमबार र मंगलबार क्रमशः १ र दुई सय रुपैंयाँले घटेको थियो।
सुन पुस महिनाकै महँगो
लगातार तीन दिन घटेपछि सुन पछिल्ला दिनहरुमा भन्दा धेरै नै कम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य पुस महिनाकै कम हो।
चाँदीको मूल्य
सुनको मूल्य घटेपनि आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाली बजारमा आज सुन प्रतितोला १ हजार २ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।