स्वाद र सन्तुष्टिका साथ साथै स्वास्थ्यका लागि समेत फाइदाजनक छ दहि , हेर्नुहोस !

दहि बिशेष गरि सबैसंग परिचित नाम हो।  यसको प्रयोग जाडो समयमा भन्दा गर्मीको समयमा बढी हुने गर्छ। दहि स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको छ।  यसमा प्रसस्त मात्रामा क्याल्सियम , फस्फोरस , ल्याक्टोज ,आइरन जस्ता रासायनिक पदार्थ पाइन्छ। दहिले  शरीरलाई शितलता प्रदान गर्ने भएकाले यसको माग गर्मीको समयमा बढ्ने गरेको छ। दहीले पेटमा चिसो प्रदान गर्नुका साथै एसिडिटीको समस्याबाट समेत छुटकारा दिलाउन मदत गर्दछ।  यसका अलावा दहीका अन्य फाइदाहरु पनि रहेका छन।

वास्तवमा दही सेवन गर्नुले स्वास्थ्य सम्बन्धि कस्ता  प्रकारका लाभ हुन्छ त ;

१-दहि सेवन मुटुका लागि प्रभावकारी छ। यसले शरीरमा रगतको मात्रामा वृद्धि गर्न र कोलेस्टोरेलको मात्रा नियन्त्रण गरि ब्लड प्रेशरको समस्या कम गर्न सहयोग पुर्याउछ। यसका साथै मुटु सम्बन्धि रोगबाट समेत छुटकारा पाउन सकिन्छ।

२-तनाव कम गर्नका लागि पनि दहीको सेवन लाभदायक रहेको छ, किनकि दहीको सेवनले मष्तिस्कमा प्रभाव पार्छ।  त्यसैले शारीरिक उर्जा बढाउन र थकान कम गर्नका लागि हरेक दिन दहीको सेवन गर्न डाक्टरले सल्लाह दिने गरेका छन।

३- हरेक दिन बिहान बेलुका दहीको साथमा केहि मात्रामा मह मिसाई सेवन गरेको खण्डमा बिशेष फाइदा पुग्ने देखिन्छ।

४-हरेक दिन दहि खानाले पाचन समबन्धि समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।  पाचन प्रक्रिया गडबडी हुनाले पेटसम्बन्धी अन्य समस्या देखिन सक्ने भएकाले दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।

५- दहीमा पाइने क्याल्सियमले पेट फुल्ने ,कब्जियत हुने जस्ता समस्याको समाधान गर्छ।  साथै यसले वजन कम गर्नका लागि समेत् सहायक भुमिका निर्वाह गर्दछ।

६-दहीमा पाइने क्याल्सियम र फस्फोरस जस्ता तत्वले हाड जोर्नी तथा दाँतको अधिक सुरक्षा राख्दछ।  त्यसैले हरेक प्रकारका समस्याको समाधानको लागि दहीको सेवन गर्नु लाभदायक रहेको छ।

 

प्रकाशित : सोमबार, जेठ ०६, २०७६०९:११

यी ३ ड्राई फ्रुट हुन सक्छ यस्ता ६ स्वास्थ्य सम्बन्धी समस्याको काल , हेर्नुहोस !