कान्छी छोरी कृतिकाले नेपाली नागरिकता लिँदा सनाखत गर्न किन गएनन् पारस ?

काठमाडौँ – पूर्वयुवराज पारस शाहकी छोरी कृतिका शाहले नेपाली नागरिकता प्राप्त गरेकी छन्। पारस शाहकी कान्छी छोरी कृतिका शाहले नाली नागरिकता प्राप्त गरेकी हुन्।

उनले वंशजका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता प्राप्त गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार उनले बुधबार नागरिकता लिएकी हुन्।

उनले काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ। उनको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन्। नेपालको संविधान अनुसार बुवा वा आमा दुबैको नामबाट नागरिकता प्राप्त गर्न सक्ने प्रावधान अनुसार हिमानीले सनाखत गरेकी हुन्।

छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने उपस्थित थिएनन्। जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि पारस थिएनन्। उनको पनि सनाखत हिमानीले गरेकी थिइन्।

२०६५ गणतन्त्र घोषणा हुनु भन्दा अगाडी राज परिवारका सदस्यले नागरिकता लिनु नपर्ने व्यवस्था थियो। २०७२ सालमा नयाँ संविधानले देशका सबै नागरिक संविधानको अधिनमा हुने व्यवस्था गरेको थियो।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१२:५८

महाधिवशेनमा उठ्यो माओवादीका नेताहरुको सम्पत्ति छानबिन गर्ने कुरा !