देशका धेरै स्थानमा हुस्सु र कुहिरो, आज यी स्थानमा हिउँ पर्ने !

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसकारण अहिले अहिले देशभर आंशिक बदली रहेको छ भने धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागिरहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको रहेको छ। त्यस्तै राति भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहनेछ।

आगामी दुई दिनको मौसम पूर्वानुमान

२०७८ पौष १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

२०७८ पौष १८ गते (आईतबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ

राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

प्रकाशित : शुक्रबार, पुष १६, २०७८०९:३७

कोरोना सङ्क्रमणको आँधी आउनसक्छ, सतर्क रहनुहोस् !