यस राशिका मानिस अब हुनेछन् मालामाल, रहनेछ माता लक्ष्मीको विशेष कृपा !

सन् २०२२ मा मकर राशि हुनेहरुको जीवनमा धेरै परिवर्तन आउने सम्भावना रहेको छ। कार्यस्थलमा कडा परिश्रम गरे पनि राम्रो नतिजा प्राप्त हुनेछैन। यसका साथै नयाँ व्यापार वा नयाँ कामको लागि सोचेर निर्णय लिनुपर्नेछ। यसबाहेक कानुनी काममा समस्या आउनेछ। मकर राशिका लागि नयाँ वर्ष कस्तो रहने छ जान्नुहोस्।

नयाँ वर्षमा कडा परिश्रमबाट भाग्य चम्किनेछ। सुरक्षित लगानीका लागि नयाँ वर्ष शुभ सावित हुने छ। तर, जागिरमा स्थान परिवर्तनको सम्भावना छ। काममा परिवर्तनले जीवनमा परिवर्तन ल्याउनेछ। जुन काम पूरा गर्ने संकल्प गर्नुहुन्छ, त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुन्छ। यसका साथै रोजगारीमा उन्नतिको अवसर मिल्नेछ।

नयाँ वर्षमा स्वास्थ्यमा केही परिवर्तन गर्नुपर्नेछ। मा-दक पदार्थबाट टाढै रहनुपर्छ अन्यथा स्वास्थ्यमा धेरै समस्या आउनेछ। यसका साथै खानपानमा पनि केही परिवर्तन गर्नुपर्ने हुन्छ। आँखाको समस्याले सताउन सक्छ।

सन् २०२२ प्रतिवद्धता पूरा गर्ने वर्ष साबित हुनेछ। तपाईं आफ्नो प्रेमसाथीसँग मायालु तरिकाले जोडिन सक्नुहुन्छ। यस बाहेक पार्टनरबाट धेरै सहयोग मिल्नेछ। तर, विवाहितहरूले नयाँ वर्षमा धेरै सावधानी अपनाउनुपर्नेछ। जीवनसाथीसँगको पुरानो मनमुटाव हट्नेछ। नवविवाहित जोडीको आपसी विश्वास कायम रहनेछ।

२०२२ को सुरुमा केतु ग्रह राशिफलको ११ औं घरमा स्थिर रहनेछ। जसका कारण आकस्मिक आर्थिक लाभ हुनेछ । काममा चिन्ता बढ्न सक्छ। किनभने शनि राशिको पहिलो घरमा गोचर हुनेछ।

 

२०२२ मा, परिवार आश्रित हुनबाट जोगिनै पर्छ। विशेष गरी आर्थिक मामिलामा बुद्धिमानीपूर्वक काम गर्नुपर्छ। तर, शेयर बजारमा लगानी गर्दा नाफा मिल्छ। यस बाहेक केही नयाँ सम्पति पाउन सकिनेछ। समग्रमा नयाँ वर्ष आर्थिक मामिलामा निकै शुभ रहनेछ।

प्रकाशित : शुक्रबार, पुष १६, २०७८१७:४२

भोलि पुष १७ गते शनिबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस् भोलिको राशिफल !