एजेन्सी – सन् २०२२ लाग्ने बितिकै लालिगा लिडर रियल म्याड्रिडलाई ठूलो झड्का लाग्यो। गएको १५ खेल देखिको अपराजित यात्रामा कम्जोर आँकिएको क्लब गेटाफेले पूर्णविराम लगाइदियो।
रियल ३ अक्टोवर २०२१मा स्पान्योलसँग २–१ ले पराजित भएयता कुनै पनि खेलमा अपराजित भएको थिएन। यसबीचमा रियल म्याड्रिडले १३ खेलमा जित निकाल्दा मात्रै २ खेलमा बराबरी खेलेको थियो।
गेटाफेसँग पराजित भएपछि रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले रियल म्याड्रिडका खेलाडीहरु अझै बिदामै रहेको जस्तो देखिएको बताए। रियलका खेलाडीहरुले निकै नै कम्जोर प्रदर्शन गरेको कार्लो एन्सेलोटीको भनाई छ।
पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले बताएकी सन् २०२१ को अन्त्य अगाडी रियल जुन अवस्थामा थियो, सन् २०२२ लागेपछि त्यस्तो देखिएन। गोल खाएपछिको १० मिनेट राम्रो खेलेपनि समय अगाडी बढ्दै जाँदा आफूहरु ‘नर्भस’ भएको एन्सेलोटीले स्विकारे।
“हामीले गोल पछि १० मिनेट राम्रो खेल्यौं। तर त्यसपछि हामी नर्भस भयौं। हामीले बल र लडाई दुवै हार्यौं।”,एन्सेलोटीले भने,”खेलको बारेमा भन्नको लागि धेरै छैन। यसो भनौं कि हामी एक दिन थप बढी बिदा बस्यौं।”
सो खेलमा आफूहरु कम प्रतिबद्ध देखिएको पनि एन्सेलोटीले स्विकारे। खेलमा भएको एक मात्र गोल आफूहरुले उपहार दिएको पनि एन्सेलोटीले बताए। बराबरीका लागि आफूहरुले सक्दो प्रयास गरेको भएपनि सफल हुन नकसेको एन्सेलोटीको भनाई छ।
उनले भने,”हामी कम केन्द्रित थियौं, कम प्रतिबद्ध थियौं। बराबरी भएको भए राम्रो हुन्थ्यो। हामीले एक गोल उपहार दिएको कारण हार्यौं। हामी हारको योग्य थिएनौं।”

