बलिउडकी यी अभिनेत्री परिन कार दुर्घटनामा!

एजेन्सी, सिनेमा जगतमा आफ्नो अभिनयले दर्शकको मन जित्न सफल बलिउड अभिनेत्री  शबाना आजमीको  सडक दुर्घ’टनामा परेकी छिन् । दुर्घटनामा परि शबना घाइते भएकी  छिन्।

शनिबार अभिनेत्री शबाना आजमीको  कार मुम्बई-पुणे हाईवेमा  ट्रकसँग ठोकिएको थियो । जसकारण उनको कार पनि क्ष’तिग्रस्त भएको छ  । घटना भएको तुरुन्तै उनलाई  पनवेलको  एमजीएम हस्पिटलमा भर्ना गरिएको छ  । रिपोर्ट अनुसार कारमा शबाना आजमीसँग  श्रीमान  जावेद अख्‍तर पनि थिए । यधपी उनलाई भने केहि पनि  चोट लागेको छैन । शबाना आजमीको ड्राइभरलाई भने  चोट लागेको छ । यो दुर्घटना शबाना  पुणेबाट मुम्बई  जाने क्रममा भएको थियो ।

काठमाडौँ उपत्यकाको माटो र चट्टानको सतह मापन गरिँदै

ललितपुर – त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पस स्नातकोत्तर भूगर्भविद् र पुल्चोक क्याम्पस स्नातकोत्तर तह भूपूविधि विषयका विद्यार्थीले उपत्यकाको माटो र चट्टानको सतह मापन गर्ने भएका छन् । गत शनिबारदेखि यहाँ चलेको पाँचदिने तालीममा थाइल्याण्डको सिभिल इन्जिनीयरिङ थाम्मास्याट विश्वविद्यालयको सहयोगमा ‘भूकम्पीय जोखिम निराकरणका लागि भूकम्पीय प्रभावित क्षेत्रको सूक्ष्म अध्ययन’ विषयमा मुलुकमा भविष्यमा आउने भूकम्पीय जोखिम निराकरण र सोबाट हुने मानवीय क्षति रोक्न सोबारे अध्ययन र अनुसन्धान गर्न लागिएको बताइएको छ ।

कार्यक्रममा डा दीपक चौलागाईंले तालीमपछि भूकम्पीय दृष्टिले काठमाडौँ उपत्यकामा कहाँको जमीनमा संरचना बनाउन उपयुक्त छ र कहाँ छैन भन्ने जानकारी दिने बताए । उनले भने, “थाइल्याण्डको विश्वविद्यालयबाट ल्याइएको प्रविधि ‘माइक्रो टे«मर’ र नेपालमा रहेको ‘बेसिन जोमेट्री’ प्र्रविधि प्रयोग गरी तालीममा हामीले विद्यार्थीलाई उपत्यकाको माटो र चट्टानको बनोट, माटोको सतहबारे अध्ययन र अध्यापन गराउन सक्छाँै ।”

नेपालमा पहिलोपटक भित्र्याइएको माइक्रो ट्रेमर प्रविधिले भविष्यमा आउने भूकम्पको तरङ्ग र यसको विश्लेषण, भूकम्पको माटोसँगको प्रतिक्रिया, युवापुस्तामा भूकम्पीय प्रविधिको प्रयोग गर्न सक्ने क्षमता, देशमा रहेका हिमालयको भौगर्भिक अवस्था, माइक्रो टे«मरको प्रयोग, भूकम्पीय क्षेत्रको स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन, विश्लेषण र भूकम्पीय प्रकोप नक्साङ्कनमा जोड पुगी नेपाली विद्यार्थीलाई क्षमतावान् बनाउने तालीमको उद्देश्य रहेको चौलागाईंले जानकारी दिए ।

तालीममा त्रिचन्द्र बहुमुखी क्याम्पस र पुल्चोक क्याम्पस इञ्जिनीयरिङका २० विद्यार्थीले भाग लिइरहेका छन् । त्रिचन्द«का भूगर्भविद् विभागका वरिष्ठ प्रा डा तारानिधि भट्टराईले एउटा भवनबाट अर्काे भवन रहेको जमीनको सतहमा पुग्दा त्यहाँ धेरै भिन्नता देखिने बताए । उनले भने, “एक स्थानमा रहेको पृथ्वीभित्रको माटाको प्रकार र अर्काे स्थानमा रहेको माटाको प्रकार भिन्न रहने हुँदा भूकम्पले केही स्थानमा बढी त केही स्थानमा कम क्षति पु¥याउने गर्छ ।” भूकम्प आउँदा सबै स्थानमा एकै किसिमको क्षति नहुनाको कारण जमीनको अवस्थामा भर पर्ने भट्टराईले बताए ।

यसैगरी सो क्याम्पसका डा अनन्त गजुरेलले मुलुकमा पूर्वाधार विकासका लागि भूगर्भ विधाको प्रयोग कसरी गर्ने भन्ने विषयमा विद्यार्थीलाई जानकारी गराई भविष्यमा हुने जोखिम निराकरण गरिने बताए । थाइल्याण्डका थामस्याट विश्वविद्यालय सिभिल इञ्जिनीयरिङ विषयका प्राडा नकहर्न पुभारोडोमले २०७२ को गोरखा भूकम्पले पुर्याएको असरलाई भविष्यमा रोक्न आफूले सक्दो योगदान गर्न लागिपरेको जानकारी दिए ।

पुल्चोक क्याम्पसका प्रमुख प्राडा लक्ष्मण पौडेलले शुद्ध विज्ञान र व्यावहारिक विज्ञानको प्रयोगबाट विद्यार्थीले समाजमा व्यापक क्षेत्र ओगट्न सक्ने औँल्याए । पुल्चोक क्याम्पस स्नातकोत्तर भूगर्भविद् कार्यक्रम सञ्चालक डा इन्द्रप्रसाद आचार्यले सो तालीमबाट राष्ट्रका लागि केही गर्न सक्छु भन्ने विद्यार्थी उत्पादन गर्न लागिपरेको बताए । उक्त तालीम विभिन्न मुलुकमा रहेका २५ हजार वैज्ञानिकको कोषबाट प्राप्त रकमबाट सञ्चालन भइरहेको बताइएको छ ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१२:०९

सहकारीको अनुगमन तथा नियमन गर्न आग्रह