प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।
संयुक्त बैठकलाई प्रधानमन्त्रीले निर्देशन दिनुहुने
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिनुहुनेभएको छ ।
समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न उहाँले आज अपराह्न सिंहदरबारमा हुने मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिनुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

