ग्रहचक्रमा विशेष अवस्थामा बृहस्पति ग्रह, यी ३ राशिको खुल्नेछ भाग्य !

ग्रहहरूको राशि परिवर्तनले जीवनमा धेरै सकारात्मक र नकारात्मक परिवर्तनहरू ल्याउँछ। यस ग्रह परिवर्तनले केही राशिका व्यक्तिको जीवनमा उन्नति र खुशी ल्याउनेछ भने केही राशिको काममा तथा समस्यामा वृद्धि हुने देखिन्छ। बृहस्पति १३ अप्रिल, २०२२ सम्म कुम्भ राशिमा रहनेछ र यस समयमा धेरै राशिका लागि भाग्यको सम्भावना छ। ज्योतिषीय गणना अनुसार बृहस्पति २० नोभेम्बर २०२१ मा कुम्भ राशिमा प्रवेश गरेको थियो र १३ अप्रिल २०२२ सम्म कुम्भ राशिमा रहनेछ। यसको प्रभाव सबै राशिमा देखिनेछ। यो अवस्था केही राशिका लागि लाभ कमाउने मामिलामा वरदान साबित हुन सक्छ। आउनुहोस् जानौं ती राशि कुन कुन हुन्।

मेष राशि 

मेष राशिका व्यक्तिको कुण्डलीमा बृहस्पति एघारौं घर अर्थात् आय घरमा गोचर भएको छ। यस्तो अवस्थामा आर्थिक मामिलामा यो समय निकै शुभ रहेको छ। देवगुरु बृहस्पतिको प्रभावले रोकिएका काम बन्नेछन्। यदि तपाईंको पैसा कतै अड्किएको छ भने, त्यो तपाईंले चाँडै नै फिर्ता पाउनुहुनेछ। यदि तपाईं जागिरमा हुनुहुन्छ भने तपाईंको पदोन्नतिको सम्भावना रहेको छ। समाजमा तपाईंको मान प्रतिष्ठा बढ्नेछ। यस अवधिमा तपाईंले केही यस्ता साथी बनाउनुहुनेछ जसले तपाईंलाई भविष्यमा फाइदा दिनेछन्।

मिथुन राशि 

मिथुन राशिका मानिसहरुको नवौं घरमा बृहस्पति ग्रह रहेको छ। राशिफलको नवौं घर भाग्यको स्थान हो। त्यसैले यो अवधिमा भाग्यले साथ दिनेछ। मिथुन राशिका व्यक्तिहरूले यो समयमा हरेक क्षेत्रमा सफलता प्राप्त गर्नेछन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई पनि समय अनुकूल रहनेछ। धार्मिक कार्यमा झुकाव बढ्नेछ।

कर्कट राशि 

कर्कट राशि भएका व्यक्तिले अप्रिल २०२२ सम्ममा आफ्नो कडा परिश्रमको पूर्ण फल पाउनेछन्। कर्कट राशिका व्यक्तिहरू कुनै पनि व्यवसायसँग सम्बन्धित छन् भने उनीहरूलाई विशेष सफलता मिल्नेछ। जागिरमा बढुवाको सम्भावना छ। आर्थिक लाभ पनि हुनेछ। अध्यात्मतर्फ पनि तपाईंको झुकाव हुन सक्छ।

प्रकाशित : सोमबार, पुष २६, २०७८१२:४६

नाकको टुप्पो मै रिस हुन्छ यी राशिका मानिसको, तिललाई पहाड बनाउने गर्छन् !