एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले भिल्लालाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए।
ओल्ड ट्राफोर्डमा सोमबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको टेरोन मिङ्सको प्रहार क्रसबारमा लागेर फर्कदा भिल्ला बराबरीबाट चुक्यो । लगत्तै ३१औं मिनेटमा भिल्लाले अर्काे मौकालाई सदुपयोग गर्न सकेन ।

३८औं मिनेटमा मेसान ग्रीनवुडको प्रहारलाई मिङ्सले ब्लक गर्दै टोलीको संकट टारे । ५०औं मिनेटमा ड्यानी इंग्सले बराबरी गोल फर्काएपनि भिएआरमा उनको गोलले मान्यता पाएन । त्यसपछि पनि दुवै टोलीबाट केही खतरनाक आक्रमण सिर्जना भएपनि युनाइटेडले पहिलो हाफमा लिएको अग्रता जोगाउदै जित निकाल्न सफल भयो ।
यो जितसँगै एफए कपको अन्तिम ३२ को समिकरण पूरा भएको छ । अब युनाइटेडले मिडल्सब्रगसँग खेल्नेछ । यस चरणका खेल ६ फेब्रुअरीमा हुनेछ ।

