एजेन्सी – प्रिमियर लिग क्लब एफए कपको चौथो चरणमा प्रवेश गर्दा युवा खेलाडी काइडे गोर्डनले उत्कृष्ट प्रदर्शन गरे। मोहम्मद सलाह र साडियो माने जस्ता खेलाडी बिना मैदानमा उत्रिएको लिभरपुलबाट गोर्डनले धेरैको ध्यान तानेका थिए। श्रेयसवरिलाई पराजित गर्नेक्रममा गोर्डनले शुरुवाती गोल गरेका थिए। उनले गोल मात्र नभई असिस्ट पनि दिएका थिए।
डर्बी काउन्टीका पूर्व फरवार्डले लिभरपुलको घरेलु मैदान एनफिल्ड डेब्यूको भरपुर फाइदा उठाए। खेलको ३४ औं मिनेटमा उनले बायाँ खुट्टाले गरेको गोल धेरै नै उत्कृष्ट थियो। श्रेयसवरि विरुद्ध गोल गरेसँगै उनी लिभरपुलका लागि गोल गर्ने दोस्रो कान्छा खेलाडी बनेका छन्। श्रेयसवरि विरुद्ध गोल गर्दा उनी मात्र १७ वर्ष ९६ दिनका थिए।
काइडे गोर्डनले लिभरपुलका लागि गत सेप्टेम्बरमा डेब्यू गरेका थिए। काराबाओ कपमा नर्विच सिटी विरुद्धको खेलमा लिभरपुलका लागि पहिलो खेल खेलेका थिए। त्यसबेला नै उनले लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपको ध्यान तानेका थिए।
त्यसबेला नै क्लोपले गोर्डन कम उमेरमै धेरै राम्रो खेल्न सक्ने खेलाडी रहेको बताएका थिए। ९५ मिनेट सम्मै खेल्न सक्ने खेलाडीको रुपमा विकसित भएको देखेर आफू चकित परेको उनको भनाई थियो।
डर्बीमा हुँदा गोर्डनलाई इङ्ल्यान्ड १६ वर्षभन्दा कम उमेरका खेलाडी मध्येका सबै भन्दा उत्कृष्ट खेलाडी मानिन्थ्यो। तर क्लबको कम्जोर आर्थिक अवस्थामा कारण डर्बीले उनलाई झन्डै दा`साढे तीन मिलियन युरोमा लिभरपुललाई बेचिदिएको थियो।

