चलेन सलाहको जादू, नाइजेरियासँग इजिप्टको हार !

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा इजिप्टले पहिलो खेलमा नाइजेरियासँग हार बेहोरेको छ । नाइजेरियाले इजिप्टलाई १–० ले पराजित गरेको हो ।

ओम्निीपोर्ट रुम्दी एड्जिया क्यामरुनमा मंगलबार राति भएको खेलमा नाइजेरियाको जितमा पहिलो हाफमा केलिची इहानाचोले गरेको गोल नै निर्णायक बन्यो । उनले ३०औं मिनेटमा जोइ एरिवोको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको इजिप्टले बल पोसेसन राख्दै दवाव बढाएपनि नाइजेरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । स्टार फरवार्ड तथा कप्तान मोहम्मद सलाहले नाइजेरियाविरुद्ध कुनै जादु देखाउन सकेन ।

यो जितसँगै समूह ‘डी’ मा नाइजेरियाले एक खेलबाट ३ अंक जोडेको छ । इजिप्ट अंकविहीन हुँदै पुछारमा छ । अर्काे खेलमा गिनिया विसाउ र सुडानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीसँगै गिनिया र सुडान समान एक अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ । समूह ‘ई’ को खेलमा अल्जेरिया र सिइरा लिओनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित : बुधबार, पुष २८, २०७८०९:०९

आफूलाई जंगलको राजा ठान्ने राउटेलाई घर !