एम्बाप्पे रियल गए पिएसजीले रोनाल्डो भित्र्याउने !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई निकट भविष्यमा भित्र्याउने योजना बनाएको छ। विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीले रोनाल्डोलाई युवा स्टार किलियन एम्बाप्पेको ठाउँमा भित्र्याउने तयारी गरेको हो। एम्बाप्पेले पिएसजी छाडेको अवस्थामा रोनाल्डोलाई भित्र्याउने पिएसजीको तयारी रहेको छ।

हुन त पिएसजीले रोनाल्डो माथि नजर लगाएको यो पहिलो पटक होइन। यस भन्दा अगाडी पनि पिएसजीले रोनाल्डोलाई भित्र्याउने प्रयास गरिसकेको छ। गत सिजनको अन्त्यमा रोनाल्डोले युभेन्टस छाड्न खोज्दा पिएसजीले रोनाल्डोलाई भित्र्याउन चाहेको थियो। तर लियोनेल मेस्सी बार्सिलोनामा नरहने भएपछि पिएसजीको मेस्सीमा केन्द्रित भएको थियो।

एम्बाप्पेको अन्तिम सिजन

पछिल्ला घटनाक्रमहरुलाई हेर्ने हो भने एम्बाप्पे पिएसजीमा अन्तिम सिजन बिताइरहेका छन्। एम्बाप्पेको सम्झौता यस सिजनको अन्त्यमा सकिँदैछ। पिएसजीले लगातार एम्बाप्पेको सम्झौता थप गर्ने प्रयास गरेपनि एम्बाप्पे राजी हुन सकिरहेका छैनन्। यसबाट एम्बाप्पेले पिएसजी छाड्ने स्पष्ट हुन्छ।

एम्बाप्पे लामो समय देखि रियल म्याड्रिड जान चाहिरहेका छन्। रियलबाट खेल्ने उनको सपना पनि हो। पिएसजीले गरेका सम्पूर्ण प्रस्ताव एम्बाप्पेले यहि सपनाका कारण अस्विकार गरिरहेका छन् भन्दा पनि हुन्छ।

युनाइटेडमा असन्तुष्ट रोनाल्डो

उपाधि जित्ने योजना सहित रोनाल्डो युनाइटेड पुगेको भएपनि उनी त्यहाँ सन्तुष्ट हुन सकिरहेका छैनन्। हालको अवस्थालाई हेर्ने हो भने युनाइटेड च्याम्पियन्स लिगका लागि समेत छनौट हुन हम्मे-हम्मे पर्ने देखिन्छ। यस्तोमा रोनाल्डो युनाइटेड छाड्ने पक्षमा रहने बताइन्छ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१०:४७

“रोनाल्डो जस्तो खेलाडी कोहि देखेको छैन: टिममेटले गोल गर्दा खुसी हुँदैनन्, आफैंले गोल गर्न पर्छ”