पर्सीबाट वक्री अवस्थामा बुध, यी ४ राशिलाई अत्यन्त अशुभ !

बुद्धि, व्यापार, पैसा, करियरमा प्रभाव पार्ने बुध ग्रह जनवरी १४, २०२२ देखि प्रतिगामी चालमा चल्नेछ। प्रतिगामी भन्नुको मतलब अब बुध ग्रह उल्टो चाल चल्नेछ। बुध ग्रह फेब्रुअरी ४ तारिखसम्म अर्थात् २१ दिनसम्म प्रतिगामी स्थितिमा रहनेछ, जसको कारण ४ राशिका मानिसको जीवनमा सबैभन्दा बढी प्रभाव पर्नेछ। यस अवधिमा यी राशिका मानिसले करियर-व्यापारदेखि लिएर अन्य थुप्रै मामिलामा विभिन्न समस्याको सामना गर्नुपर्नेछ।

मेष राशि 

प्रतिगामी बुधले मेष राशिका मानिसहरूलाई कामको बोझ र तनाव बढाउनेछ। यसका कारण कार्यक्षेत्रमा हाकिम वा सहकर्मीसँग मनमुटाव हुन सक्छ। दाम्पत्य जीवनमा पनि मनमुटावको स्थिति आउन सक्छ।

वृष राशि 

वृष राशिका व्यक्तिहरूले यस अवधिमा भाग्यको साथ पाउने छैनन्। यो समयमा कुनै शुभ कार्य आरम्भ नगर्नु नै राम्रो हुनेछ। नयाँ काम पनि सुरु नगर्नुहोस्। बुबासँग ध्यानपूर्वक कुरा गर्नुहोस्। धैर्य गर्नुहोस्, समय निश्चित रूपमा परिवर्तन हुनेछ।

कन्या राशि 

प्रतिगामी बुधको कारण कन्या राशिका व्यक्तिहरुको पारिवारिक जीवनमा समस्या आउन सक्छ। परिवारमा कसैसँग झै-झगडा नगर्नुहोस्, विशेष गरी जीवनसाथीसँग विवाद नगर्नुहोस्। यो समयमा कुनै पनि प्रकारको लगानी नगर्नुहोस्।

वृश्चिक राशि 

नचाइने कुरामा ध्यान नै नदिनुहोस्, अन्यथा समस्यामा फस्न सकिन्छ। यात्रा गर्दा निकै सावधानी अपनाउनुहोस्। परिवारमा कसैको स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ। यस मामिलामा संकोच नगर्नुहोस्।

प्रकाशित : बुधबार, पुष २८, २०७८११:३७

ग्रहचक्रमा शुक्र ग्रहको ठूलो उथलपुथल: यी दुई राशि हुनेछन् धनवान, मिल्नेछ लाभ नै लाभ !