लियोनेल मेस्सी र सर्जियो रामोस अहिले टिममेट हुन्, तर बार्सिलोना र रियल म्याड्रिडमा उनीहरूको तितो प्रतिद्वन्द्वी बिर्सन गाह्रो छ। दुबै खेलाडीहरूले स्पेनका दुई ठूला क्लबमा आफ्ना ऐतिहासिक स्पेल छाडेर एकै सिजन एकै क्लबमा सामेल हुन्छन् भनेर सायद नै कसैले सोचेको थिए होलान्।
यी दुई स्टारले आफूलाई अनगिन्ती एल क्लासिकोसको समयमा धेरै झगडाको साथ इतिहासको पन्नामा नाम लेखाएका छन्। यो भन्नु कतै गलत हुँदैन कि हरेक क्लासिकोमा भिड्ने यी दुई स्टार एक-अर्कालाई मन पराउँदैन थिए। रामोसलाई सधैं खराब मान्छेको रूपमा चित्रित गरिएको थियो, तर रियल म्याड्रिडका पूर्व किपर जेर्जी डुडेकले मेस्सी पनि कुनै कम नभएको दाबी गरेका छन्।
पूर्व-लिभरपुल स्टारले आफ्नो नयाँ आत्मकथामा रियल म्याड्रिड र बार्सिलोना बीचको फिस्ट भिडन्तलाई प्रतिबिम्बित गरेका छन्। डुडेकका अनुसार पूर्व रियल म्याड्रिड कप्तान सर्जियो रामोस र पेपेसँग मेस्सी आफ्नो शान्त आचरणको विपरित निकै “भ्रामक र असभ्य” थिए। उनले लेखे: “उनी भ्रामक र उत्तेजक थिए, बार्सिलोना र पेप गार्डियोला जस्तै। उनीहरु रियल म्याड्रिडलाई उत्तेजित गर्न तयार रहन्थे र निकै राम्रोसँग त्यो काम गर्न सफल हुन्थे। यसले जोसे मोरिन्हो र सम्पूर्ण टोलीलाई धेरै चोट पुर्यायो।”
आफूले मेस्सीले पेपे र [सर्जियो] रामोसलाई यस्तो असभ्य कुरा गरेको देखेको छु जुन मेस्सी जस्तो शान्त र राम्रो देखिने व्यक्तिबाट कल्पना गर्न पनि नसकिने रहेको उनले बताए। तर अहिले मेस्सी र रामोस एकै टोलीको सदस्य भएका छन्। र मेस्सीले स्वीकार गरे कि सुरुमा रामोससँग खेल्नु “अनौठो” थियो, तर पेरिसमा आएदेखि ७ पटकका ब्यालोन डी ओर विजेताले डिफेन्डरको प्रशंसा गरेर थाकेका छैनन्।

