“रोनाल्डो जस्ती खेलाडीको आलोचना गर्नु मूर्खता हो, तर रोनाल्डो गएर फरक चाई परेको छैन”- किएलिनी

गत समरमा क्रिस्टियानो रोनाल्डोको बहिर्गमनपछि थुप्रै वर्तमान र विगतका युभेन्टस अधिकारीहरुले टुरिनमा क्लबमा पोर्चुगिजको समयमा टोलीले प्रदर्शन गरेको टिम भावनाको अभावको बारेमा आलोचना गर्दै आएका छन्।

यद्यपि, गोल गर्ने काममा पूर्व रियल म्याड्रिड सुपरस्टारको प्रभावलाई प्रश्न गर्न सकिँदैन। अहिले म्याक्स एलेग्रीका खेलाडीहरु यस सिजनको सुरुवातदेखि नै गोलको लागि संघर्ष गरिरहेका छन्। यदि रोनाल्डो भएको भए हाल इटालियन क्लबको स्थिति अर्कै हुन्थ्यो वा हुँदैन थियो भन्ने छुट्टै बहस हो तर जर्जियो किएलिनीले अघिल्ला तीन सिजनमा आफनो क्लबमा पोर्चुगिज स्ट्राइकरको महत्त्वलाई स्वीकार गरे।

युभे कप्तान बुधबार राति सान सिरो स्टेडियममा हुने इटालियन सुपर कपको खेल अघि प्रि-म्याच प्रेस सम्मेलनको लागि एलेग्रीका साथ सामेल भएका थिए। “रोनाल्डोले हाम्रा केही समस्या लुकाउँथे। उनी महत्वपूर्ण खेलाडी थिए। उनी जस्ता उत्कृष्ट खेलाडी क्लबमा हुँदा समस्याहरुको सामना गर्न सजिलो हुने गर्थ्यो,” फुटबल इटालियाका अनुसार अनुभवी केन्द्रले भने, “मैले रोनाल्डो बिना कठिन सिजन हुने अपेक्षा गरेको थिएँ। तर हामी गत सिजन जस्तै लगभग एउटै टोली हौँ, लोकाटेली र किन छन् रोनाल्डो छैनन्।”

एन्टोनियो कोन्टे, रोमेलु लुकाकु र आचाराफ हाकिमीको बहिर्गमनको बाबजुद पनि इन्टर सरी-ए उपाधि जित्ने प्रमुख दाबेदार रहेको आफूलाई पहिलेबाट नै लागेको उनले स्वीकार गरेका छन्। “तपाईंले [इन्टर डिफेन्डर अलेसेन्ड्रो] बास्टोनीलाई मैले अक्टोबरमा के भनेका थिए भनेर सोध्न सक्नुहुन्छ जब उनीहरू तालिकाको शीर्षबाट सात अंक टाढा थिए,” उनले भने, “इन्टर सिरी ए मा सबैभन्दा पूर्ण टोली हो। म गलत हुन सक्छु, तर मैले सधैं सोचेको छु कि इन्टर मिलान सरी-ए उपाधिका लागि प्रमुख दाबेदार रहेका थिए।”

प्रकाशित : बुधबार, पुष २८, २०७८१४:३५

हालाण्डको छिट्टै टुंगो लगाउने तयारीमा डर्टमण्ड, एक हप्ता भित्रै वृहत छलफल हुने !