एर्लिङ हालान्डमा बार्सिलोनाको चासो दिन प्रतिदिन बढ्दै गइरहेको छ। बोरुसिया डर्टमन्ड स्ट्राइकरको पछाडी लगभग हरेक युरोपली टोली रहेको छ र बार्सिलोना पनि त्यसबाट अछुत छैन।
आफ्नो कठिन आर्थिक स्थितिको बावजुद, बार्सिलोनाले आउँदो समरमा नर्वेली स्टारलाई अनुबन्ध गर्ने काम आफ्नो शीर्ष प्राथमिकता बनाएको छ। पहिले यो असम्भव देखिए पनि बिस्तारै बिस्तारै बार्सिलोनाका लागि चीजहरु सहि हुँदै गएका छन्। एल नेशनलका रिपोर्टहरूका अनुसार मिनो राइओलाले हालान्डलाई अनुबन्ध गर्ने बार्सिलोनाको सम्भावना सुधार गर्न अर्को उपायको सुझाव दिएका छन्। उक्त सुझाव हो बार्सिलोनाका डिफेन्डर सर्जिन्हो डेस्ट।
अमेरिकन स्टार बार्सिलोनासँग अनुबन्ध हुनुअघि बोरुसिया डर्टमुन्ड (र बायर्न म्युनिखको) रडारमा थिए। जर्मन क्लबले पूर्व आज्याक्स स्टारलाई आफ्नो परियोजनामा समावेश गर्ने सम्भावनामा चासो राखेको देखिन्छ, र लापोर्टाले यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्छन्। डेस्टले स्पेनमा आफ्नो करियरको सुखद सुरुवात गरेका थिए जब रोनाल्ड कोम्यानले उनलाई लगातार खेलहरूमा विश्वास गरे। यद्यपि जाभीको नेतृत्वमा उनको समयको बारेमा पनि यही भन्न सकिँदैन।
क्लबका नयाँ प्रबन्धकले डेस्टलाई टोलीको खेल शैली र सिद्धान्त बुझ्न असक्षम रहेको सोच्दै आएका छन्। यो राइट-ब्याकमा जाभीको प्राथमिकतामा ड्यानी आल्भेस, ओस्कर मिङ्ग्वेजा, र रोनाल्ड अराउजोलाई पनि डेस्ट भन्दा अगाडि रहेको स्थतिले प्रष्ट बुझ्न सकिन्छ। क्लबमा स्ट्राइकरको आवश्यकता धेरै गम्भीर र जाभी अन्तर्गत डेस्टको स्थान टोलीमा अनिश्चित रहेको कारण पनि यो ट्रान्सफर वास्तविकताको नजिक रहेको छ। यसका साथै, बार्सिलोनाले आज्याक्स स्टार नोसायर माजरावइमा रुचि राखेको छ, जो आउँदो समरमा नि: शुल्क एजेन्ट हुन्छन्।
यस सिजनको शुरुवात गरेका ११ खेलमा, डेस्टले तीन वटा असिस्ट प्रदान गरका छन् र पाँच ठूला अवसरहरू सिर्जना गर्न सफल भएका छन्। जाभीको नेतृत्वमा नियमित खेलाडी नभए पनि, यस्ता संख्याहरूले उनमा रहेको प्रतिभा प्रतिबिम्बित गर्छ जसको कारण नै युरोपका क्लबहरू उनको पछि दौडिरहेका छन्।

